दूतावासको सिफारिसमा अध्यागमनको आशंका, सिफारिस लिनेमा युवती धेरै

असार २७, २०७६

काठमाडौँ - संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित नेपाली दूतावासले दुबई जाने नेपालीका लागि ठूलो संख्यामा सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) जारी गर्दै आएको फेला परेको छ । 

सामान्यतः अप्ठेरो अवस्थामा बाधा फुकाउन गरिने कूटनीतिक सिफारिस आम रूपमा हुन थालेको पाइएपछि आश्चर्यमा परेको अध्यागमन विभागले जनाएको छ ।


ADVERTISEMENT

‘दूतावासले आवश्यकै नपर्ने सिफारिस गरिरहेको देखेर अचम्ममा परेको छु,’ विभागका महानिर्देशक ईश्वरराज पौडेलले  भने, ‘सिफारिस लिएर आउनेमा युवकभन्दा युवतीको संख्या बढी पाइएपछि कतिपय अवस्थामा शंका लागेर फर्काइदिने गरेका छौं ।’

दूतावासको पत्र लिएर भिजिट भिसामा दैनिक औसत दुई दर्जन नेपाली दुबई जाने गरेको देखिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार