अमेरिकाका लागि सबभन्दा ठूलो खतरा चीन भएको अमेरिकी जर्नेलको भनाइ

असार २७, २०७६

काठमाडौं – अमेरिकी जर्नेल मार्क ए मिल्लेले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चीन सबभन्दा ठूलो खतराका रूपमा रहेको बताएका छन् । 

जोइन्ट चीफ्स अफ स्टाफको अध्यक्षका रूपमा आफ्नो नाम अनुमोदन गराउन भएको संसदीय सुनुवाइमा मिल्लेले भने, ‘चीनले आगामी ५० देखि १०० वर्षमा अमेरिकी सुरक्षालाई ठूलो चुनौती दिन्छ ।’


ADVERTISEMENT

सिनेटर डेभिड पर्ड्युको एक प्रश्नको उत्तरमा मिल्लेले चीन आफ्नो राष्ट्रिय सुरक्षा हित हासिल गर्न व्यापारको प्रयोग गरिरहेको अनि पेटी सडक परियोजना त्यसैको एक अंग भएको बताए । चीनले विश्वका सबै क्षेत्रमा प्रभाव विस्तार गरेको र ऊ नै अमेरिकाको स्पष्ट प्रतिद्वन्द्वी भएको मिल्लेको भनाइ छ । 

उनले भने, ‘विगत सात दशकदेखि कायम अन्तर्राष्ट्रिय व्यवस्थाका नियमहरूलाई कायम राख्नुपर्छ ।’

चीनको आक्रामक नीतिका कारण अन्य देशहरू डराएको र उनीहरूले अमेरिकालाई चाहेको पनि मिल्लेले बताए । तर चीन अमेरिकाको दुश्मन भने नभएको मिल्लेको भनाइ छ ।

उनले भने, ‘उनीहरू हाम्रो प्रतिद्वन्द्वी मात्र हुन् भनी स्पष्ट गर्छु । प्रतिद्वन्द्वी हुनु भनेको शत्रु हुनु हैन । सैन्य भाषामा शत्रु भनेको सैनिक संघर्ष गरिने शक्ति हो । चीनसँग हाम्रो सैनिक संघर्ष छैन ।’

एजेन्सी
 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस