×

NMB BANK
NIC ASIA

मापदण्डविपरीत सञ्चालित ३ पानी उद्योगविरुद्ध मुद्दा, १५ उद्योगको उत्पादन रोक्का

असार ३१, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

नेपालगञ्ज – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लंघन गर्ने बाँकेका ३ पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

Muktinath Bank

प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लंघन गरेकाले जेएमसी वाटर इण्डष्ट्रिज, पशुपति ड्रिंकिङ वाटर र पञ्चकन्या ड्रिंकिङवाटर उद्योगविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा खाद्य स्वच्छता तथा गुणस्तर अभियानअनुसार संयुक्त अनुगमन टोलीबाट निरीक्षणका क्रममा मापदण्ड उल्लंघन गर्ने अन्य १५ पानी उद्योगको उत्पादन रोक्का गरी मुद्दा दायर प्रक्रियामा रहेको छ । 


Advertisment
Nabil box
Kumari

मापदण्ड पूरा गरी गुणस्तर सुधार गर्ने उद्योगको उत्पादन रोक्का फुकुवा गरी नियमित अनुगमन गरिने उल्लेख गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख श्रेष्ठले भने, ‘पानी उद्योगले न्यूनतम मापदण्ड पनि पूरा नगरेको अनुगमनमा पाइएको छ, त्यस्ता उद्योगमाथि मुद्दा दायर गरिने छ ।’

Vianet communication

कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर अभियानअन्तर्गत आव २०७५/७६ मा दुग्धजन्य पदार्थको १, प्रशोधित पिउने पानीको ११, तेल तथा घ्यूका ३२  नमुना परीक्षण गरेकामा पानीको १ र घ्यूको ४ नमूना प्रतिकूल भेटिएको जनाएको छ । खाद्य ऐन २०२३ अनुसार न्यूनस्तरका खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गर्ने ३ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरिएको छ । 

कार्यालय प्रमुख श्रेष्ठका अनुसार, खाद्य ऐन, २०२३ विपरीत न्यूनस्तरको घ्यूसम्बन्धी बाबादिन अहिर, कुन्नीलाल यादव र मञ्जुदेवीविरुद्ध मुद्दा दायर गरिएको हो । यो अवधिमा गुणस्तर परीक्षणका लागि सङ्कलित दूध तथा दुग्धजन्य पदार्थको ५६, प्रशोधित पिउने पानीको १० र खाने तेल तथा घ्यूको ३४ नमूनामध्ये प्रयोगशाला परीक्षण गर्दा खुला दूधको १६ र सूर्यमुखी तेलको एक नमूना प्रतिकूल भेटिएको छ । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले पानी उद्योगले गुणस्तरमा लापरवाही गर्ने गरिएको पाइएको बताए । उद्योगको पूर्वाधार र गुणस्तरसम्बन्धी न्यूनतम मापदण्ड पनि पूरा नगरी पानी बजारमा पठाउने गरेको अनुगमनका क्रममा भेटिएको उनले उल्लेख गरे ।

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले सञ्चालन गरेको खाद्य स्वच्छता तथा गुणस्तर अभियान प्रभावकारी भए पनि अझै थप क्रियाशील हुनुपर्ने बताए । उनले उजुरी र बजार अनुगमनका क्रममा मात्र नभई नियमितरूपमा पानी, दुग्धलगायतका खाद्य उद्योगको अनुगमन र कानूनी कारवाही हुनुपर्नेमा जोड दिए ।

कार्यालयले खाद्य तथा दाना पदार्थमा अवाञ्छनीय मिसावटलगायतका अन्य गुणस्तरमा ह्रास आउने काम हुन नदिन खाद्य एवं दाना पदार्थको गुण नियन्त्रण, खाद्य एवं दाना पदार्थको गुणस्तर जाँच परीक्षण, खाद्य प्रविधि विकास एवं प्रसार, खाद्य उद्योग स्थापनाका लागि सहजीकरण र नियमन तथा उपभोक्ता केन्द्रित चेतनामूलक कार्यक्रमको माध्यमबाट खाद्य स्वच्छताको प्रवद्र्धन गर्ने कार्य गर्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x