रोनाल्डोले नखेलेपछि दक्षिण कोरियाली प्रशंसकहरूले हाले क्षतिपूर्ति मुद्दा

साउन १५, २०७६

काठमाडौं – युभेन्टसका लागि सउलमा प्रिसीजन मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डो नदेखिएपछि दक्षिण कोरियाका फूटबल प्रशंसकहरूले खेल आयोजकविरुद्ध क्षतिपूर्ति मागेका छन् । 

खेलअघि आयोजकहरूले कोरियाली प्रशंसकहरूलाई के लीग अल स्टार्स ११ र युभेन्टसबीच हुने खेलमा रोनाल्डोले खेल्ने प्रतिज्ञा गरेको बताइएको छ । सउलको भरिभराउ स्टेडियममा रोनाल्डोले खेल्ने भनिएको थियो तर उनी देखा परेनन् । 


ADVERTISEMENT

खेल आयोजना गर्ने कम्पनी द फास्ताका सीईओ रबिन चाङले भने, ‘मैले युभेन्टसका उपाध्यक्ष नेडभेडसँग कुरा गर्दा उनले रोनाल्डोले खेलेको भए हुन्थ्यो तर खेल्न मानेन्, माफ पाऊँ भने । म फ्रस्ट्रेट भएँ ।’

चाङले स्थानीय प्रसारक एसबीएसलाई बताएअनुसार, रोनाल्डोले ४५ मिनेट खेल्ने सम्झौता थियो तर रोनाल्डोले खेल्दै नखेलेपछि युभेन्टसले सम्झौता तोडेको प्रस्ट भयो । उक्त खेल ३–३ गोलको बराबरीमा टुंगिएको थियो ।

युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले भने, ‘रोनाल्डो खेल्ने अपेक्षा थियो तर मांसपेशीमा थकानका कारण उनी फिट थिएनन् ।’

आयोजकविरुद्धको मुद्दामा टिकटको पैसा बाहेक मानसिक तनाव दिएकोमा दश लाख वन प्रतिव्यक्ति पनि मागिएको छ । 

वकिल किम मिन–कीले थुप्रै असन्तुष्ट प्रशंसकहरूका तर्फबाट मुद्दा लडिरहेका छन् । तर ६५ हजारजना उक्त खेलमा उपस्थित भएको हुँदा क्षतिपूर्ति रकम लगभग ६ करोड डलर पुग्न आउँछ ।

एजेन्सी 

साउन १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस