कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
भादगाउँ – विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ १ महिना मनाउने गुँलापर्व शुक्रवारदेखि शुरु भएको छ ।
पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म १ महिना मनाइने गर्दछन् । यो पर्वको अवसरमा यस वर्ष मध्यपुरथिमिमा दुर्लभ मानिने न्याकुबाजा प्रयोगमा ल्याइएको छ ।
विशेषगरी जंगली अर्ना भैंसीको सिङबाट तयार गरिने यो बाजा थिमिमा करीब २ दशकपछि प्रयोगमा ल्याएको हो । यसका साथै यस वर्ष चतीबाजा (भेंडाको सिङबाट बनेको बाजा) समेत प्रयोगमा ल्याइने सञ्चारकर्मी समेत रहेका मध्यपुरथिमिका स्थानीय केके मानन्धरले बताए ।
‘यस वर्षको गुँलापर्वमा चती, न्याकुलगायतका मौलिक बाजासहित धाःबाजा, भुस्याः, धिमे लगायतका बाजागाजाका साथ गुँलापर्व मनाउने तयारी छ,’ उनले भने । मध्यपुरथिमिमा गुँलापर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ । काभ्रेको नमोबुद्ध, काठमाडौंस्थित स्वयम्भू महाचैत्य र बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँलापर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । धाःबाजा, बाँसुरी, धिमेबाजा, भुस्याबाजा बजाएर पनि चैत्यहरूका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायतका देवी–देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । साथै बौद्ध धर्मावलम्बीबाहेकका समुदायसमेत गुँलापर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।
यस वर्ष गुँलापर्वको अवसरमा मध्यपुरथिमिमा वाचुनानीबाट गुँलाबाजा निकालिने भएको छ । मध्यपुरथिमि–५ स्थित वाचुनानीका स्थानीयवासीले मध्यपुर गुँलाबाजा व्यवस्थापन समिति गठन गरी गुँलाबाजा निकालेको हो । समितिका अनुसार यस वर्ष साउन २० गते नागपञ्चमीको दिन चाँगुनारायण, साउन ३० गते जनै पूर्णिमाको दिन ललितपुर कुम्भेश्वर, कृष्ण मन्दिर र बालकुमारी मन्दिर, साउन ३१ गते शुक्रबार गाईजात्राको दिन मध्यपुरथिमि नगरपरिक्रमा, भदौ ६ गते कृष्णाष्टमीको दिन काठमाडौंको स्वयम्भू, विजेश्वरी, शोभा भगवती, इन्द्रायणी, महाँकाल, भदौ ११ गते जुह्रेचह्रेको दिन सूर्य्विनायक गणेश मन्दिर र भक्तपुर नगरपरिक्रमा, भदौ १४ गते बुङ्गमती, कार्यविनायक, खोकना, चोभार परिक्रमा गरिने छ ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...