गोसाइँकुण्डमा लेक लागेर यात्रीको मृत्यु

प्रतिकात्मक तस्वीर
साउन ३०, २०७६

रसुवा – पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका यात्रीको बुधवार राति गोसाइँकुण्डमा निधन भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौंको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो ।


ADVERTISEMENT

समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिए ।

साउन ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस