×

NIC ASIA

इकोनोमिक डिबेट

उद्योग परिसंघका अध्यक्ष अग्रवाल भन्छन् - अर्थतन्त्र भिन्न ढंगले कसरी चलाउने भन्ने सोच्न जरुरी

काठमाडाैं | बैशाख २४, २०८१

Prabhu Bank
NTC
Premier Steels

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अवस्थामा अर्थतन्त्र फरक ढंगले चलाउनेबारे सोच्न जरुरी रहेको बताएका छन् ।

Muktinath Bank

लोकान्तरको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित इकोनोमिक डिबेट कार्यक्रममा बोल्दै अग्रवालले बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अवस्था अझै सुधार गर्न बाँकी रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अहिलेको जस्तो मन्दीको अवस्था धेरै समय नजाने बताए । 


Advertisment
Nabil box
Kumari

'यो अवस्था धेरै रहँदैन,' उनले भने, ' बाह्य क्षेत्र सुधार भएको छ, आन्तरिक अवस्था पनि सुधार हुँदैछ । अर्थतन्त्रलाई भिन्न ढंगले चलाउनुपर्ने बारे सोच्ने बेला आएको छ ।'
अग्रवालले भर्खरै सम्पन्न लगानी सम्मेलनले स्वदेशी लगानीकर्तालाई पनि उत्साहित बनाएको बताए । 

Vianet communication

सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर सुधार गरेका ऐनहरू सकारात्मक भएको उनको भनाइ छ । 

'सरकार निजी क्षेत्रको समस्या समाधान गर्न गम्भीर छ जस्तो देखिन्छ,' उनले भने, 'निजी क्षेत्रको सहभागिता गराइएको छ, त्यसबाट पनि निजी क्षेत्र उत्साहित छ ।'

निजी क्षेत्रले बेहोर्नुपरेको समस्या के हो ? भन्ने प्रश्नमा उनले केही गम्भीर समस्याहरू रहेको उल्लेख गरे । 'उद्योगहरू ३०/४० प्रतिशतको क्यापासिटीमा चलिरहेका छन्, मागमा संकुचन आएको छ । यो अर्थतन्त्र एउटा हिसाबले रोकिएको अवस्था रहेको महसुस गरिरहेका छौं,' उनले भने । 

बैंकमा लगानीयोग्य पैसा थुप्रिएको, सहकारीमा पनि समस्या रहेको, घरजग्गा कारोबार पनि अड्किएकाले यसलाई समाधान गर्न भिन्न ढंगले सोच्नुपर्ने बेला आएको अग्रवालको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x