×

NIC ASIA

संघीयता कार्यान्वयन गर्न कोशीमा छुट्टै कार्यदल गठन, ​संयोजकसहित सबै सदस्यलाई तलब भत्ता

विराटनगर | जेठ १४, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोशी प्रदेशमा संघीयता कार्यान्वयन तथा कानून निर्माणसम्बन्धी एकीकृत अध्ययन कार्यदल गठन भएको छ ।

उक्त कार्यदलले एकल अधिकार तथा साझा अधिकारका कार्यसूचीमा रहेका कानूनको संशोधन तथा परिमार्जनका विषयमा काम गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमा बनाउन बाँकी कानूनका बारेमा गृहकार्य हुने कार्यदलको सदस्य सचिवसमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी पौडेलले बताए ।


Advertisment
Rupse Holidays
Nabil box

'संघीय सरकारका कारण आवश्यक केही कानून अझै बन्न सकेका छैनन्,' उनले भने, 'एकल अधिकार, साझा अधिकारका कार्यसूचीमा रहेका कानूनको संशोधन तथा परिमार्जनका विषयमा समेत गृहकार्य हुन्छ ।’​​​​​​

Vianet communication

हिक्मतकुमार कार्कीले आफू पछिल्लोपटक मुख्यमन्त्री बनेपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट कार्यदल गठन ​गरेका थिए ।​गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले सोही दिन कार्यदल गठन गरेका हुन् ।

मुलुकले संघीयताको अभ्यास गर्न थालेको ९ वर्षपछि कोशी सरकारले तलब-भत्ता दिने गरी कार्यदल गठन गरेको हो ।

कार्यदलको संयोजकमा अधिवक्ता चूडामणि आचार्य रहेका छन् ।

उनी यसअघि कार्की नेतृत्वको सरकारमा महान्यायाधिवक्ता थिए । सदस्यहरूमा पूर्व महान्यायाधिवक्ता गजेन्द्र आचार्यका साथै पूर्वप्रदेश सभा सदस्यहरू अर्जुन राई, कुलप्रसाद साम्बा र जसमाया गजमेर छन् ।

अर्जुन र गजमेर एमालेका हुन् भने साम्बा माओवादीका हुन् । साम्बा गत निर्वाचनमा मोरङ १ बाट पराजित भएका थिए ।

यस्तै, कोशी प्रदेश प्रमुखको कार्यालयबाट भर्खर अवकाश पाएका उपसचिव नरेन्द्र श्रेष्ठ पनि कार्यदलको सदस्य छन् ।

सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी पौडेल रहेका छन् ।

संयोजकलाई अधिकृतस्तर १२ औं तहको सेवा-सुविधा दिने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको छ । सरकारको निर्णयअनुसार संयोजक आचार्यले मासिक ७२ हजार ८२ रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् ।

यस्तै, सदस्यहरूलाई भने अधिकृत दशौंको तलब दिने गरी मन्त्रीपरिषद्ले निर्णय गरेको छ । उनीहरूले मासिक ५६ हजारभन्दा बढी पारिश्रमिक पाउनेछन् ।

उनीहरूले ५६ हजार ७८७ रुपैयाँ पाउने छन् । उनीहरूलाई मासिक तलब दिने गरी मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।​​

राजनीतिक रूपमा अस्थिर रहेको कोशीमा तलब-भत्ता दिएर कार्यदल बनाउँदा संघीयताप्रति नै प्रश्न उठेको जानकारहरू बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x