×

NIC ASIA

चौधरी फाउन्डेसनमार्फत नवलपरासीमा सामाजिक कार्य, अस्पतालको स्तरोन्नतिदेखि उद्यमशीलता तालिमसम्म

काठमाडाैं | जेठ १४, २०८१

Prabhu Bank
NTC
नवलपरासीको महेन्द्र माविका छात्रालाई साइकल हस्तान्तरण कार्यक्रम
Premier Steels
Marvel

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले जिल्लामा सामाजिक कामलाई तीब्रता दिएका छन् ।

२०७९ मंसिर प्रतिनिधि सभा निर्वाचित भएर आएपछि चौधरीले निर्वाचन क्षेत्रमा विकास निर्माणका साथसाथै सामाजिक कामलाई निरन्तरता दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावअघि गरेका प्रतिबद्धता अनुसार चौधरीले निर्वाचन क्षेत्रमा विकास निर्माणका कामका अतिरिक्त फाउन्डेसनमार्फत सामाजिक कामलाई निरन्तरता दिएका हुन् ।


Advertisment
Rupse Holidays
Nabil box

यसक्रममा चौधरी फाउन्डेसनमार्फत जिल्लाका विभिन्न स्थानमा अस्पताल, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा सहयोग गरेका छन् । 

Vianet communication

चिसापानी अस्पतालको स्तरोन्नति

​चौधरी फाउन्डेसनको सहयोगमा बर्दघाट नगरपालिका २ मा रहेको चिसापानी अस्पतालको सेवा विस्तार हुँदै गएको छ । चौधरी निर्वाचित भएपछि चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति कार्य भएको हो । अहिले अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सुविधा उपलब्ध हुन थालेको छ । 

काठमाडौंको नर्भिक अस्पतालको प्राविधिक सहयोगमा चिसापानी अस्पतालको सेवा प्रवाह र स्तरोन्नतिको कार्य भइरहेको छ । बिग्रिएर चलनमा नआएका मेसिनहरुको मर्मत सम्भार, तिनीहरूको प्रयोग र परिचालनका विषयमा तालिम दिइएको छ ।

null

फाउन्डेसनकै सहयोगमा अस्पतालको सरसफाइ, ल्याबको गुणस्तर नियन्त्रणका साथै नर्सहरूलाई आवश्यक तालिम प्रदान गरिएको छ । 
अस्पतालको फोहोर व्यवस्थापन, थोरै ठाउँको अधिकतम प्रयोग गर्न मिल्ने गरी कोठा व्यवस्थापन र अस्पतालको नयाँ संरचना निर्माणमा फाउण्डेसनमार्फत् सहयोग भएको छ ।

अस्पतालमा अहिले २४ सै घण्टा ल्याब सुविधा उपलब्ध भएको छ । अस्पतालमा शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना भएको छ । 

विरामीको चाप बढ्न थालेपछि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू भइसकेको छ भने २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिएको छ । ‘घर नजिकैको अस्पतालमा सेवा सुविधा पाएपछि उपचारको लागि बुटवल या नारायणगढ जानुपर्ने अबस्था अन्त्य भएको छ’ स्थानीय रामप्रसाद सापकोटाले भने । 

कृतिम हातखुट्टा राख्न सीजी सबल केन्द्र 

चिसापानी अस्पतालमा २०८० असोजदेखि सीजी सबल केन्द्र सञ्चालनमा आएको छ । अपांगता भएका व्यक्तिको जीवनयापन सहज बनाउन कृत्रिम हातखुट्टा राख्न शुरू भएको अस्पतालको सेवाको सांसद चौधरीले गत असोज २७ गते उद्घाटन गरेका थिए । 

चौधरी फाउन्डेसनकै सहयोगमा सबल केन्द्र सञ्चालनमा आएको हो । सबल केन्द्रमार्फत हातखुट्टा नभएकालाई (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउन सुरु भइसकेको छ । 

चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउन्डेसनले महत्वपूर्ण योगदान गरेको भन्दै बर्दघाट नगरपालिकाका मेयर शम्भू श्रेष्ठले अपांगता भएका व्यक्तिको जीवनयापनमा कृत्रिम हातखुट्टाले सहजता ल्याउने बताएका थिए । 

चौधरी फाउन्डेसनले चिसापानी अस्पतालको संगठन तथा व्यवस्थापन अध्ययन प्रतिवेदन तयार गरी अस्पताल व्यवस्थापन र बर्दघाट नगरपालिकालाई बुझाइसकेको छ ।  

पकलीहवामा बर्थिङ सेन्टर

चौधरी फाउन्डेसनको सहयोगमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नंं ५ मा रहेको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञ सुविधा सहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । 

ग्रामीण क्षेत्रका महिलाहरूलाई गाउँमै विशेषज्ञ सुविधासहितको प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले फाउन्डेसनले उक्त सेवा सुरु गरेको हो । अहिले यस केन्द्रबाट सयौ महिलाले सेवा लिइसकेका छन् । null

गाउँमै स्तरीय बर्थिङ सेन्टर संचालनमा आएपछि स्थानीय महिलाहरूलाई प्रसूति गराउन शहरका अस्पताल या सीमा पारिका अस्पतालमा जानुपर्ने वाध्यताको अन्त्य भएको छ ।

चौधरी फाउन्डेसनले विभिन्न समयमा नवलपरासीको सरावल, सुस्ता, प्रतापपुर र बर्दघाटमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समयमै उपचार गर्न नपाउँदा स्वास्थ्य समस्या बल्झिँदै जाने भएकोले फाउन्डेसनले स्थानीय तवरमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

यस्ता खालका स्वास्थ्य शिविरले महिलामा देखिने रोगको समयमै रोगको पहिचान र त्यसको निवारणमा सहयोग पुग्ने गरेको छ । 

बलियो महिला कार्यक्रम

चौधरी फाउन्डेसनले बलियो महिला कार्यक्रममार्फत् आइनरयुक्त खाद्य पदार्थहरूको उत्पादन, बजारीकरण र वितरणमा महिला उद्यमीहरूलाई सशक्त बनाउन नेपालमै नविनतम कार्यक्रम सञ्चालन गरेको छ । 

नवलपरासीको बर्दघाटमा पाँच दिने तालिमको आयोजना गरिएको थियो । सहभागी महिलाहरूलाई केराको चिप्स, मफकिन लगायत स्थानीय उत्पादनबाट बालबालिकाका लागि पोषिलो खाजा बनाउने तालिम दिइएको छ । 

उक्त तालिममा चार स्थानीय तहबाट ३२ जना महिलाको सहभागिता रहेको थियो । यो कार्यक्रमले स्थानीय महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुका साथै आहारमा आइरन, पोषण युक्त खाद्यका विषयमा समुदायभित्र स्वस्थ आहार अभ्यासलाई बढावा दिने फाउन्डेसनको विश्वास छ । 

सीप सिकेका महिलालाई उद्यमशीलता तालिम दिइएको र भविष्यमा थप महिलालाई तालिम दिइने फाउन्डेसनले बताएको छ । ‘आत्मनिर्भर बन्न चाहने महिलालाई नेपाल सामाजिक व्यवसायीक कार्यक्रममार्फत विना धितोमा ऋण दिएर उद्यमशीलता शुरू गर्न प्रेरित गछौं’ फाउन्डेसनकी मेरिना रञ्जितले भनिन् ।

nullछात्रालाई साइकल, शिक्षाविद्सँग अन्तक्रिया

चौधरी फाउन्डेसनको शिक्षा परियोजनाले विद्यार्थीहरूको शैक्षिक आवश्यकता सम्बोधन गर्दै उनीहरूको समग्र स्वास्थ्य र हित प्रवर्द्धनका लागि काम गर्दै आएको छ ।

जसअनुसार फाउन्डेसनले नवलपरासीको महेन्द्र माविका छात्रालाई २० वटा साइकल हस्तान्तरण गरेको छ । फाउन्डेसनले नेपालको वर्तमान शिक्षा प्रणालीका बारेमा नवलपरासी जिल्लाका शिक्षाविद् र सरकारी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

सार्वजनिक र निजी शिक्षाको विश्वव्यापी क्षेत्रमा चार दशकभन्दा लामो अनुभव भएका भारतीय नागरिक शिक्षाविद् अरुण कपुरले सामुदायिक शिक्षाको स्तर कसरी उकास्ने भन्ने विषयमा आफ्ना अनुभव शेयर गरेका थिए ।

सिलाइ बुनाई र उन्नत ब्युटिसियन तालिम 

बर्दघाटमा बसोबास गर्ने महिलाको जीविकोपार्जन र दिगोपन अभिवृद्धि गर्ने उद्देश्यले चौधरी फाउन्डेसनले तीन महिना लामो सिलाई तालिम कार्यक्रम गरेको छ । 

महिलाहरूलाई व्यावसायिक र सीपमा आधारित तालिम प्रदान गरी आत्मनिर्भर जीवन जिउन सशक्तीकरण गर्नु तालिमको उद्देश्य रहेको फाउन्डेसनले बताएको छ ।  बर्दघाट नगरपालिकाको सुखौरा र अम्बासमा ५० जनाको सहभागितामा दुइवटा तालिम कार्यक्रम सम्पन्न भएको हो । null

फाउन्डेसनले बर्दघाट नगरपालिका वडा नं ४ का ३५ महिलालाई ‘उन्नत ब्युटिसियन तालिम’ कार्यक्रम आयोजना गरेको छ । 
यस तालिमले ग्रामीण महिलाहरूलाई बहुमूल्य सीपहरू प्रदान गरेर उनीहरुलाई आर्थिक रुपमा स्वावलम्बी बनाउने उद्देश्य राखिएको छ ।

तालिममा सहभागी महिलाहरूले आफूलाई स्वरोजगार बन्न तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

चौधरी फाउन्डेसनले १५ दश घरधुरीलाई ठेला गाडी र व्यवसाय सञ्चालनका लागि शुरूमा ५ हजार रूपैयाँ बीज पूँजीको रूपमा उपलब्ध गराएको छ । यो पहलले आफ्नै साना व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने फाउन्डेसनको विश्वास छ । 

यसले महिलालाई आत्मनिर्भर बन्न र आम्दानीको राम्रो स्रोत पनि बनेको छ ।  

युवालाई उद्यमशील बन्न तालिम
नवलपरासीको प्रतापपुरमा बसोबास गर्ने युवाहरूको जीविकोपार्जन र दिगोपनको अभिवृद्धि गर्ने उद्देश्यले चौधरी फाउन्डेसनले ६ महिना लामो व्यावसायिक तालिम प्रदान गरेको छ ।

सीजी पोलि टेक्निकल इन्स्टिच्युटबाट ७३ युवाले प्राविधिक तालिम पुरा गरेका छन् । ३४ जनाले इलेक्ट्रिक र ३९ जनाले मेकानिकल तालिम सम्पन्न गरेका हुन् । प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाका युवाहरू तालिममा सहभागी थिए । 

स्थानीय युवाहरूको आवश्यकतालाई सम्बोधन गर्न र उनीहरुलाई उद्यमशीलता सँग जोड्न तालिम उपयोगी भएको सहभागीको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

जेठ २३, २०८१

अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले नेदरल्याण्डको दोस्रो विकेट लिएको छ ।  दीपेन्द्र सिंह ऐरीले नेपाललाई दोस्रोे सफलता दिलाएका हुन् । उनले विक्रमजित सिंहलाई आउट गरे ।  यसअघि...

जेठ १६, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा ल...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

जेठ २२, २०८१

अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो । नेप...

जेठ ७, २०८१

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।  एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x