मोटरसाइकल बम विस्फोटमा परी चार जनाको मृत्यु, ३० घाइते

भदौ ७, २०७६

इराक- इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुँदा चार व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् । इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटरसाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो ।


ADVERTISEMENT

यस विस्फोटबाट कैयौ पसल ,भवन र नजिकै रहेका सवारी साधनहरू ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस) समूहको नै यस आक्रमणमा हात रहेको हुनु पर्ने प्रहरीको दाबी रहेको छ । यद्यपि सन् २०१७ को अन्त्यबाट इराकमा नाटकीय रूपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो ।

Photo : kurdistan24.net

भदौ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस