×

NMB BANK
NIC ASIA

हुन्डाइ भेन्यूको टेस्ट ड्राइभ : चालक भन्छन्- गज्जब छ

भदौ ७, २०७६

NTC
Premier Steels

काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ मोडल 'हुन्डाई भेन्यू'को शनिवार मिडिया टेस्ट ड्राइभ गरेको छ ।

Muktinath Bank

राजधानीको गोकर्ण रिसोर्टमा पत्रकार तथा व्यवसायीहरूले हुन्डाईको भेन्यू मोडलका ३ वटा गाडीको टेष्ट ड्राइभ गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

‘कप्पा डुअल भीटीभीटीको मलाई गज्जब लाग्यो । किनकी यसभन्दा अगाडि मैले आई १० चलाइराखेको थिएँ । नेपाली बजारको अवस्थालाई हेर्दा ग्राउण्ड क्लियरेन्स पनि गज्जब लाग्यो,’ टेष्ट ड्राइभ गरेका सोभित थपलियाले भने ।

Vianet communication

उनले थपे, 'नेपालको अफ रोडका लागि यो गाडी उपयुक्त लाग्यो मलाई । अब मैले पुरानो गाडी एक्चेन्ज गरेर यही गाडी किन्ने सोच बनाएको छु ।’

नेपालमा भित्रिएका १.२ पेट्रोल इन्जिजिन कप्पा डुअल भीटीभीटी, १.४ लिटर डिजल इन्जिन यू २ सीआरडीआई र १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी छन् ।

यी गाडी नेपालमा भदौ ५ गते  सार्वजनिक गरिएको थियो । बिहीवार राजधानीमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त मोडेल सार्वजनिक गरेको थियो ।

हुन्डाइको ३ मोडलका गाडी

विभिन्न ३ वटा इन्जिन अप्सनमा उपलब्ध भेन्यूले नेपाली बजारमा बलियो उपस्थिति जनाउने कम्पनीले विश्वास लिएको हुन्डाइका थापाथली म्यानेजर दिवाकर रेग्मीले बताए ।

विभिन्न मोडलमध्ये १.२ पेट्रोल इन्जिजिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा उपलब्ध छ । जसको पावर ८.३ पीएस र ६००० आरपीएम पावर छ । 

त्यस्तै १.४ लिटर डिजल इन्जिन यू २ सीआरडीआईको पावर ९० पीएस र ४००० आरपीएम छ । त्यस्तै १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीको पावर भने १२० पीएस र ६००० आरपीएममा उपलब्ध छ ।

कति छ मूल्य ?

हुन्डाई ग्राण्ड आई १० नियोस भारतमा सार्वजनिक, मूल्य ५ लाख भारु, नेपालमा २ महिनापछि पाइनेछ ।

हुन्डाई भेन्यूले ७ स्पीड डीसीटीमा उपलब्ध समेत गराउने कम्पनीले जानकारी दिएको छ । 

हुन्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सु–सज्जित छ ।

जसको आर १६ डाइमन्ड कट एलोइ पांग्रा तथा हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने कम्पनीले दाबी गरेको छ ।

भेन्यूमा बत्तीहरूको जडान सुन्दर तथा आधुनिक रूपमा गरिएको छ । जसमा कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्ट सहितको लेड लाइट समेत छ ।

भेन्यूमा नवीनतम विशेषतामा रियोस्टयाट सहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राइभर रेर भ्यू मिरिर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल राखिएको छ । साथै मोडलमा वायरलेस फोन चार्जर, क्रेज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रियर ए सिभेन्ट छ ।

भेन्यूको नयाँ मोडलका लागि कम्पनीले नेपाली बजारका लागि ३४ लाख ९६ हजार रुपैयाँदेखि ५६ लाख ९६ हजार रुपैयाँसम्म मूल्य तोकेको छ । साथै कम्पनीले दशैंको अवसरमा १ लाख ३० हजार रुपैयाँसम्मको छुट दिने समेत बताएको छ । साथै अन्य आकर्षक उपहारको समेत व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

 

 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x