कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
जनकपुरधाम - प्रायः जसो पितृ तर्पण गर्दा पुरुष वा छोराले आफ्ना मृत पूर्वजका लागि तर्पण दिने गरेका हुन्छन् । तर जनकपुरधाममा एक महिलाले आफ्नो मृत पिता सहित पूर्वजको आत्माको शान्तिको लागि तर्पण दिने गरेकी छन् ।
साविक महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा घर भई जनकपुरधाम उपमहानगरमा बसोबास गर्दै आएकी रिंकुकुमारी मिश्रले आफ्ना पितासहित पूर्वजलाई जल सहितको तर्पण दिने गरेकी छन् ।
शनिवारदेखि शुरू भएको सोह्र श्राद्ध संस्कार गर्न हजारौं पुरुषहरूकाबीच रिंकु पनि जनकपुरको पुरातात्विक महत्व बोकेको गङ्गा सागर पोखरीमा स्नान गर्दै मृत पितालाई तर्पण दिएकी थिइन् । उनी गत वर्षदेखि नै आफ्नो पितालाई तर्पण दिँदै आएको बताएकी छन् ।
१६ दिनसम्म तर्पण गर्नुका साथै पिण्ड दान सहित श्राद्ध समेत गर्दै आएको बताउँछिन् ।
किन दिन्छिन जलको तर्पण?
रिंकुका बुवा रामेश्वर मिश्रको गत २०७२ वैशाख ४ गते निधन भएको थियो । रामेश्वर मिश्रले दुई वटा बिहे गरेका थिए । जेठी श्रीमतीबाट २ छोराहरू सतेन्द्र र जितेन्द्र तथा छोरी प्रभावतीदेवी जन्मिएकी थिइन् । छोराहरू समेतको बिहे भएको अवस्थामा उनको श्रीमतीको क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।
त्यसपछि उनले रिंकुकी आमा आशादेवी मिश्रसँग बिहे गरिन् । त्यतिबेला आशाको बाल विवाह भएको थियो । धेरै उमेरको फरक पनि थियो । तर मिश्रले आशादेवीसँग बिहे गरिन् । उता छोरा र छोरीको समेत बिहे भईसकेकोले उनीहरूलाई गाउँ पिपराको सम्पति दिएर अंशवण्डा गरेर कान्छी श्रीमती आशादेवीसँगै जनकपुर आएर बसोबास गर्न थाले ।
दोस्रो श्रीमती आशादेवीको कोखबाट रुवी मिश्र र रिंकु मिश्र दुई छोरीहरूको जन्म भयो । दुवै छोरीको पालन पोषण उनले गर्दै आएका थिए । सोही क्रममा जेठी छोरी रुवीको बिहे गरेपछि गर्भवती भएकी बेला बच्चा जन्माउने क्रममा उनको निधन भएको थियो । एता रिंकु भने आफ्नो आमा र बुवाका साथ बस्दै आएकी थिइन् ।
बुवा बिरामी भएको अवस्थामा निधन भयो । ‘दाहसंस्कार त दाजु (सौतेला)सतेन्द्रले नै गर्नु भयो,’ रिंकुले भनिन्, ‘सबै कर्मकाण्ड, श्राद्धसमेत दाजुले नै गर्नु भयो तर आर्थिक खर्च भने मेरो आमाले गर्नुभएको थियो । प्रत्येक महिनाको छाया, वर्षको बरखी सबै मेरो आमाले गर्दै आए पनि तर्पण भने दाजुले नै गरिरहनु भएको होला भनेर हामीले सोचेका थियौं, उनले बताइन्, 'तर समाजका मानिसले दाजुले तर्पण नगरेको भन्ने कुरा आमालाई आएर भने पछि उहाँ चिन्तित हुनुभयो ।'
‘अनि छोरी तिमीले नै आफ्नो बुवालाई तर्पण दिनुपर्छ भनेर भन्नुभयो,’ रिंकुले थपिन्, ‘त्यसपछि मैले पनि तर्पण गर्नुपर्छ भनेर निधो गरेर तर्पण दिन शुरू गरेको हो ।’
रिंकु आफैं जनकपुरकी पत्रकार पनि हुन् । उनी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर दुईको कमिटिको उपाध्यक्ष पनि हुन् । उनले बिहे पनि जनकपुरकै एक जना पत्रकार घनश्याम मिश्रसँग गरेकी छन् । दुवैजना संचार माध्यममा काम गर्दै गर्दा प्रेम विवाह गरेका हुन् । रिंकु आफ्नो श्रीमानका साथ माइतमा आमासँगै बस्दै आएकी छन् ।
तर्पण दिनका लागि गंगासागर जाने कुरा श्रीमान घनश्यामलाई सुनाउँदा श्रीमानले पनि साथ दिए । घनश्यामले मोटरसाइकलमा चढाएर उनलाई गङ्गासागर लगे । त्यहाँ हजारौं मानिसहरू मात्र स्नान गरेर तर्पण गरिरहेका थिए । त्यहाँ घाटमा पण्डितजीलाई गायत्रीले सोधिन्, मलाई पनि तर्पण गर्नुछ ।
अनि पण्डितले पनि कुनै प्रश्न नगरेर ठिकै छ, महिला भयो त के भयो तर्पण दिन सकिन्छ भनेर जवाफ दिए । अनि गायत्रीले लगेको काँक्रो र फुल्की समेत लिएर पण्डितले गराएको मन्त्रोचारण अनुसार उनले आफ्ना पितृ पक्षलाई तर्पण दिएकी थिइन् ।
समाजमा कतिपय मानिसले नकारत्मक रुपमा टिप्पणी गरे पनि कतिपयले सकारात्मक रुपमा नै लिने गरेको रिंकुले बताईन् । गत वर्ष पनि पण्डितजीलाई बोलाएर पिण्ड दान गरेको, त्यति बेला पण्डित जीले कुनै पनि प्रतिबन्ध नरहेको बताएकाले आफुले ठिकै कुरा गरेको लागेको उनले बताइन् ।
गत वर्ष १६ श्राद्धका क्रममा आफुलाई महिनावारी भएन, यस वर्ष पनि महिनावारीको समय संयोगले कटेको उनले बताइन् । यदि १६ श्राद्धका क्रममा महिनावारी भए पनि आफुले श्राद्धको कर्म नरोक्ने उनी बताउँछिन् । महिनावारी हुँदैमा त्यस्ता कर्म रोक्न नहुने उनको तर्क छ ।
पितृ दोषबाट मुक्ति पाउन तथा श्राद्ध गर्नका लागि महिनावारी समस्याको रुपमा लिन नहुने उनी बताउँछिन् । समाजले के भन्छ भन्दा पनि आफुले आफ्नो आत्म सन्तुष्टिका लागि आमाको निर्देशनानुसार नै तर्पण गरेको उनी बताउँछिन् ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...