मलेसिया रोजगारी नियमित भएकामा सङ्घ खुशी

भदौ ३०, २०७६

काठमाडौँ-नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुशी व्यक्त गरेको छ । 

    सङ्घका अध्यक्ष रोहन गुरुङले आज एक विज्ञप्ति जारी गर्दै सङ्घले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको सङ्घले जनाएको छ । 


ADVERTISEMENT

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार