×

NMB BANK
NIC ASIA

प्रतीक्षा चिनियाँ राष्ट्रपतिको

राष्ट्रपति शीको नेपाल भ्रमणअघि चिनियाँ नेतासहित काठमाडौंमा 'वार्मअप' अन्तरक्रिया !

असोज ५, २०७६

NTC
Premier Steels

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले शनिवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा 'सी विचारधारा'का बारेमा लामो मन्तव्य दिए । 

Muktinath Bank

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले राष्ट्रपति शी चिनफिङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकार गरेको तथ्यसहित भुसालले चीनले दुई शताब्दी लक्ष्य राखेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो शताब्दी लक्ष्यका रूपमा सन् २०४९ सम्म सम्पूर्ण हिसाबले चीनलाई विकसित समाजवादी राष्ट्रका रूपमा विश्वसामू उभ्याउने प्रतिबद्धता 'सी विचारधारा'मा उल्लेख गरिएको उनको दाबी थियो ।


Advertisment
Nabil box
Kumari

संयोगले नेपाल संविधानतः समाजवादउन्मुख देश हो । यहाँ समाजवादका बारेमा जमेर बहस हुने गरेको छ । दुईतिहाइ मतसहित सत्तासीन नेकपाको विधानले पनि नेपालमा समाजवाद ल्याउने प्रण गरेको देखिन्छ । भुसाल नेकपाका स्थायी कमिटी सदस्य मात्र होइनन्, पार्टीभित्र वैचारिक बहसमा खरो उत्रिन सक्ने बौद्धिक नेता समेत हुन् । 

Vianet communication

नेपालले शी विचारधारा अपनाउनुपर्छ भन्ने आशयको वक्तव्य भुसालबाट आउनुलाई संयोग मात्र मान्न सकिन्न । 

नेपाली राजनीतिक वृत्तमा अहिले दुईवटा कुरा चर्चामा छन् । चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमणको सन्दर्भमा एउटा चर्चा चलिरहेको छ भने त्यसैको पूर्वसन्ध्यामा चिनियाँ कम्युनिस्ट पार्टीका ४ दर्जन नेताहरू सोमवार काठमाडौं आउँदै छन् ।

उनीहरूको नेकपाका नेताहरूसँग काठमाडौंमा अन्तरक्रिया हुने कार्यक्रम रहेको छ ।

नेकपालाई चिनियाँ कम्युनिस्ट पार्टीको प्रशिक्षण ! 

'नेपाल-चाइना फ्रेन्डसीप सिम्फोजियम' नामको कार्यक्रम दुवै देशका कम्युनिस्ट पार्टीहरूको संयुक्त आयोजनामा हुने नेकपाका एक नेताले बताए । लोकान्तरसँग कुरा गर्दै उनले भने, 'कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ तावको नेतृत्वमा करीब ४० जनाको टोली सोमबार काठमाडौं आइपुग्नेछ । केही नेताहरू आजै आइसक्नुभएको छ ।'

कतिपयले चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई प्रशिक्षण दिन लागेको टिप्पणी गरेका छन् । 

शीले नेपाल भ्रमण गर्नुभन्दा पहिला नेपाली नेताहरूलाई आफ्नो विचारधाराको बारेमा प्रशिक्षण दिन लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत शुरू भएको छ । 

नेकपाका सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले शनिवार बसेको सचिवालय बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नेपाल आउन लागेको जानकारी गराएका थिए । सोमवार र मंगलवार हुने संयुक्त अन्तरक्रियामा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

प्रशिक्षण होइन, अन्तरक्रिया मात्रै !

स्थायी कमिटी सदस्य वेदुराम भुसाल यसलाई प्रशिक्षण भन्न नमिल्ने बताउँछन् । 'यस्ता कार्यक्रमहरू विगतमा पनि भइरहन्थे,' भुसालले लोकान्तरसँग भने, 'कहिले यताबाट नेताहरू जानुहुन्थ्यो भने कहिले उताबाट आउने गर्नुहुन्थ्यो । यो ठूलो विषय नै होइन । दुवै देशका कम्युनिस्ट पार्टीका नेताहरूबीच अन्तरक्रिया र भेटघाट हुनुलाई अन्यथा मान्न मिल्दैन ।' 

यो अन्तरक्रियालाई चीनका राष्ट्रपतिको नेपाल भ्रमणको सन्दर्भमा जोड्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा भुसालले भने, 'एक हिसाबले मिल्छ, तर चीनमा लागू भएको 'शी विचारधारा' नेपालमा पनि लगाउनुपर्छ भन्दै उहाँहरू आउनुभएको होइन । त्यसरी सोच्न मिल्दैन । उहाँहरूले आफ्नो बारेमा कुरा गर्नुहुन्छ भने हामीले हाम्रो बारेमा कुरा गर्छौं ।' 

यस्ता अन्तरक्रिया कार्यक्रमहरू पहिला पनि हुने हुनाले यसलाई त्यति ठूलो रूपमा बुझ्न नहुने चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीको टिप्पणी छ । 

'अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रपति सीको नेपाल भ्रमणको 'वार्म अप'का रूपमा मात्र लिन सकिन्छ,' कार्कीले लोकान्तरसँग भने, 'समय सन्दर्भ मिल्नु एउटा कुरा हो तर शी चिनफिङले नै प्रशिक्षण दिन पठाएको भन्ने कुरा चाहिँ हावादारी हो । हामी नेपालीको हल्ला गर्ने बानीले कूटनीतिक रूपमै नेपाललाई एकदम हल्का बनाइदिएको छ ।' 

कार्कीले शीको नेपाल भ्रमण पक्कापक्की भइसकेको अवस्थामा यस्तो खालको द्विपक्षीय भ्रमण सामान्य हुने बताए । 

शी भ्रमणको तयारी 

चिनियाँ राष्ट्रपति शी दशैंलगत्तै नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ । तर मिति नै तोकेर ठ्याक्कै यही दिन भन्न नमिल्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 

'सुरक्षा र अन्य कारणबाट अहिल्यै मिति सार्वजनिक गर्न मिल्दैन,' परराष्ट्र मन्त्रालय स्रोतले लोकान्तरलाई भन्यो, 'उहाँ आउनुहुन्छ भन्ने त पक्कापक्की नै छ । विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण त्यही तयारीलाई केन्द्रमा राखेर भएको थियो । आउने मिति र छलफल हुने एजेण्डाहरू अहिल्यै बाहिर ल्याउन मिल्दैन । ल्याइयो भने त्यो कूटनीतिक मान्यताविपरीत हुन्छ ।' 

अक्टोबर १ जनगणतन्त्र चीन स्थापनाको ७० वर्ष पुगेको अवसरमा बेइजिङ विषेश कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको छ भने लगत्तै मध्यअक्टोबरमा भारतीय प्रधानमन्त्रीको आमन्त्रणमा शीले वाराणसी भ्रमण गर्ने भारतीय सञ्चारमाध्यमहरूले यसअघि नै उल्लेख गरेका छन् । 

यसबारेमा नेपालका तर्फबाट विभिन्न अनुमानहरू भइरहेको भएपनि चिनियाँ पक्षबाट भ्रमणका बारेमा कुनै विवरण सार्वजनिक भएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x