चीनले दंगा नियन्त्रणका लागि बनायो सोनिक गन, भीडका मानिस थतर्किएरै भागाभाग

असोज ५, २०७६

काठमाडौं – चीनले भीडलाई तिबरबितर गर्नका लागि सोनिक गन विकसित गरेको छ । उक्त गन प्रहार गरेपछि भीडमा भएका मानिसको आँखा, कान र भित्री अंगहरू थतर्किएर पीडा हुन्छ । 

हातमा बोक्न मिल्ने उक्त राइफल कानून कार्यान्वयन अधिकारी र सेनाले विकसित गरेका हुन् । यसमा सानो फ्रिक्वेन्सीका आवाज निकालिन्छ र यसले शरीरमा जैविक असर पार्छ, साउथ चाइना मर्निङ पोस्टले लेख्यो । 


ADVERTISEMENT

अध्ययनहरूमा गहिरो आवाज वा इन्फ्रासाउन्डले हल्का असहजतादेखि चक्कर आउने, बान्ता आउने, दिसापिसाब गर्न गाह्रो हुने, अंगमा क्षति पुग्ने र हृदयघातसम्म हुने उक्त समाचारमा उल्लेख गरिएको छ ।

सोनिक हतियार प्रायः वाहनहरूमा राखिन्छ । यसलाई हातमा बोक्दा ग्यासले तताएपछि गहिरो र एकोहोरो आवाज निकाल्ने चाइनिज एकेडमी अफ सायन्सेजले बतायो । 

सन् २०१७ मा सार्वजनिक गरिएको उक्त हतियारलाई व्यापक उत्पादन गर्नका लागि विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति दिएको छ । 

यो हतियार चिनियाँ सैनिकहरूले वा कानून कार्यान्वय अधिकारीहरूले उपयोग गर्नेछन् वा हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शन दबाउन उपयोग गरिनेछन् भन्ने थाहा हुन सकेको छैन ।

एजेन्सी 
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार