×

NMB BANK
NIC ASIA

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले पर्यटन वर्षको प्रचारसहित मनायो संविधान दिवस

असोज ५, २०७६

NTC
Premier Steels

काठमाडौं– संविधान दिवसका अवसरमा नेपाली महावाणिज्य दूतावास कोलकाताले शुक्रवार विशेष समारोह आयोजना गर्‍यो ।

Muktinath Bank

आईटीसी रोयल बेंगल होटलमा साँझ भएको कार्यक्रममा प्रश्चिम बंगाल सरकारका प्रमुख सचिव मलयकुमार डेको प्रमुख आतिथ्य थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोलकातास्थित कूटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी उच्चपदस्थ अधिकारीहरू, प्रहरी अधिकारी लगायत करीब २५० जनाको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डेले नेपाल-भारतबीच सदियौं पुरानो र अत्यन्तै सौहार्दपूर्ण सम्बन्ध रहेको बताए ।


Advertisment
Nabil box
Kumari

पश्चिम बंगालसँग नेपालको सिमाना खुला रहेतापनि दुवै देशबीच हरेक विषयमा समझदारीका साथ व्यवहार हुने गरेको उनको भनाइ थियो ।

Vianet communication

नेपाल र भारत दुवैले सन् २०३० सम्ममा आ-आफ्नो देशलाई मध्यमवर्गीय आय आम्दानी हुने समृद्ध देश बनाउने लक्ष्यका साथ अगाडि बढेकाले एकअर्काबीच सौहार्दपूर्ण भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

त्यसअघि कार्यक्रममा स्वागत मन्तव्य राख्दै कोलकातास्थित नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले नेपालको संविधानका प्रमुख प्रावधानहरूका बारेमा चर्चा गरे ।

ऐतिहासिक संविधान सभाबाट पारित संविधान संसारकै उत्कृष्ट रहेको र यसको पूर्ण कार्यान्वयनबाट नेपालमा आर्थिक समृद्धि हासिल हुने उनको भनाइ थियो । 

उनले नेपाल र भारतबीच बलियो सम्बन्ध रहेको भन्दै नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका लागि सहभागीलाई आह्वान समेत गरे ।

कार्यक्रममा सगरमाथा सहितका हिमश्रृंखला, पदमार्ग, धार्मिक स्थल, मठमन्दिर, वन्यजन्तु आरक्षण क्षेत्र तथा अन्य पर्यटकीय क्षेत्रबारे परिचयात्मक र सूचनामूलक भिडियो समेत देखाइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x