×

NMB BANK
NIC ASIA

खर्च हुन सकेन सम्पदा पुनर्निर्माणको पैसा

असोज २७, २०७६

NTC
Premier Steels

काठमाडौं –   भूकम्पमा भत्किएका सम्पदा पुनर्निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष आधा पनि खर्च हुन सकेको छैन ।

Muktinath Bank

पुनर्निर्माणको चार वर्षको तथ्यांक हेर्दा चार अर्ब १२ करोड बजेट सम्पदा पुनर्निर्माणका लागि छुट्याएकोमा दुई अर्ब ५४ करोड मात्र रकम खर्च भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे सम्पदा क्षेत्रको पुनर्निर्माणले पछिल्लो समय मात्रै गति लिन थालेकाले कम खर्च भएको देखिएको बताउँछन् । ‘सम्पदा पुनर्निर्माण अन्य क्षेत्रको तुलनामा ढिला सुरु भयो । त्यहीकारण खर्च पनि कम देखिएको हो । तर, अहिले यो क्षेत्रको पुनर्निर्माणले पनि गति लिन थालिसकेको छ । असन्तोष नै हुनुपर्ने अवस्था छैन,’ उनले भने । भत्किएका आठ सय ९१ सम्पदामध्ये तीन सय ८१ को पुनर्निर्माण भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

कुन वर्ष कति खर्च
पुनर्निर्माणका लागि आर्थिक वर्ष ०७२/७३ को बजेट ३६ करोड ५२ लाख ५० हजार विनियोजन भएको थियो । सो आवमा ६ करोड ४४ लाख ९८ हजार खर्च भएको थियो । आव ०७३/७४ मा ५४ करोड ४४ लाख ६२ हजार बजेट सम्पदा क्षेत्रलाई छुट्याइएको थियो । तर, ४८ करोड ७१ लाख ७१ हजार मात्रै खर्च भएको थियो । त्यस्तै, आव ०७४/७५ मा २ अर्ब ११ करोड २१ लाख ८१ हजार बजेट विनियोजन भएकोमा ९१ करोड ५२ लाख ७३ हजार मात्र खर्च भयो ।

Vianet communication

आव ०७५/७६ मा १ अर्ब ९ करोड ९० लाख ४४ हजार बजेट छुट्याएकोमा एक अर्ब सात करोड ६१ लाख ६६ हजार खर्च भयो । पुनर्निर्माणको चार वर्षलाई हेर्दा चार अर्ब १२ करोड बजेट छुट्याएकोमा दुई अर्ब ५४ करोड मात्र रकम खर्च भएको छ । 

आव ०७६/७७ मा भूकम्पपछि सम्पदा पुनर्निर्माणमा एक अर्ब २६ करोड छुट्याइएको छ । सम्पदा पुनर्निर्माणकै लागि चालू आवका लागि भारत सरकारले १ अर्ब ८३ करोड अनुदान दिएको छ भने भारतीय एक्जिम बैंकले १ अर्ब ९१ करोड ऋण सहयोग गरेको छ ।

जापान सरकारले पनि १३ करोड सहयोग गरेको छ । जसमध्ये नेपाल सरकारले चालू आर्थिक वर्षमा एक सय ५३, भारत सरकारको नगद अनुदानबाट २९, भारतीय एक्जिम बैंक ऋण सहयोगबाट दुई सय पाँच, जापान सरकारबाट आएको सहयोगबाट दुई सम्पदा निर्माण हुने भएको छ । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x