×

NMB BANK
NIC ASIA

जापानी सम्राट्को गद्दी आरोहण समारोह मङ्गलबार

कात्तिक ४, २०७६

NTC
Premier Steels

काठमाडौँ - जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह मङ्गलबार इम्पेरियल प्यालेसमा हुँदैछ । नयाँ सम्राट्लाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियो आइसक्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार राजधानी टोक्यो आउनुभएको छ ।

Muktinath Bank

राष्ट्रपतिसहितको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी तथा सञ्चारकर्मी हुनुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय समयानुसार अपराह्न १ देखि १ः३० सम्म हुने समारोहमा सम्राट् नोरुहितो सेदेन– मात्सु –नो –मा( स्टेट रुम)मा आउनुहुनेछ र उहाँको पछि राजप्रासाद सेवाका पदाधिकारीले तरबार, जवाहरत, राजकीय निशाना छाप आदि लिएर आउने छन् । त्यसपछि राजा नोरुहितो सिंहासनमा बस्नुहुनेछ र राजप्रासाद सेवाका पदाधिकारीले आफूले बोकेका वस्तु सिंहासनको टेबलमा चढाउने छन् ।


Advertisment
Nabil box
Kumari

साम्राज्ञी मासाको पनि स्टेट रुममा आउनुहुनेछ र आफ्नो आसनमा बस्नुहुनेछ । समारोहमा अतिथिहरुले सम्राट् र साम्राज्ञीप्रति शुभकामना तथा सम्मान जाहेर गर्ने गद्दी आरोहण अन्तरराष्ट्रिय मिडिया सेन्टरमा आज बाँडिएको कार्यक्रम पुस्तिकामा जनाइएको छ ।

Vianet communication

समारोहमा सम्राट् नोरुहितोले सम्बोधन गर्ने र प्रधानमन्त्री सिन्जो आबेले बधाई मन्तव्य दिने पनि उल्लेख छ । साँझ अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना हुने बताइएको छ । सन् १९६० फेब्रुअरी २३ मा जन्मनुभएका सम्राट् नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसीन हुनुभएपछि रिवा युग शुरु भएको मानिएको छ ।

आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी परित्याग गरेपछि उहाँ जापानका १२६ औँ सम्राट् हुनुभएको हो । सानोमा पर्वतारोहण, घोडचढी र भ्यायलनमा रुचि राख्ने उहाँ हाल जल नीति र जल संरक्षणमा अभिरुचि राख्नुहुन्छ । उनन्साठी वर्षीय नारुहितोले आफू गत मेमा सम्राट् बनेपछि राज्य र एकताको प्रतीक बन्ने घोषणा गर्नुभएको थियो ।

पूर्वी एशियामा पर्ने जापानमा संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ । प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन् । तल्लो सदनमा ४८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २४२ सदस्य छ वर्षका लागि चुनिन्छन् । जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ । जापानी भिक्षु एकाइ कावागुची नेपाल भ्रमण गर्ने पहिलो जापानी मानिनुहुन्छ ।

उहाँ सन् १८९९ मा नेपालको पोखरा, मुस्ताङ हुँदै तिब्बत अध्ययनका लागि जानुभएको थियो । नेपाल जापान दौत्य सम्बन्ध सन् १९५६ मा भई नेपालमा सन् १९६८ मा जापानी राजदूतावास र सन् १९७८ मा जापानी सहयोग नियोग जाइका कार्यालय स्थापना भएको हो । नेपाल जापान संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक समूह र एशियाली विकास बैंकका सदस्य हुन् । नेपालको प्रमुख दातृ राष्ट्र जापानले नेपाललाई सन् १९६९ देखि आर्थिक सामाजिक गतिविधिमा सहयोग गर्दै आएको छ । नेपालका प्रायः सबै आर्थिक क्षेत्रमा जापानी सहयोग चालु रहेको छ । सन् १९६९ र ७० मा क्रमश ऋण र अनुदान दिन थालेको जापानले १९७० देखि जापान ओभरसिज कोअपरेशन भोलुन्टियर्स पठाई प्राविधिक सहयोग दिन थालेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x