×

NMB BANK
NIC ASIA

बजारमा बिक्न छाड्यो मादल

कात्तिक २७, २०७६

NTC
फाइल फोटो
Premier Steels

तुलसीपुर – दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा १ महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थिन् । पछिल्लो समय उनलाई सिजनमा पनि १५/१६ वटा बेच्न धौधौ छ ।

Muktinath Bank

‘मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो,’ उनले भनिन्, ‘तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन्, यसले गर्दा हामी निराश भएका छौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाडपर्वको समयमा केही बिक्ने भएपनि अन्य समयमा झनै सुनसान हुने गरेको उनको भनाइ छ । ‘चाडपर्वको समयमा अलि–अलि बिक्छन्,’ उनले भनिन्, ‘तर अन्य समयमा भने बिक्न पनि छाडेका छन् ।’


Advertisment
Nabil box
Kumari

सोही ठाउँका ठेलराज वादीले पनि पुस्तौंदेखि मादल बनाउँदै आएका छन् । तर पछिल्लो समय बर्सेनि मादलको माग घट्दै गएको उनले बताए । ‘मैले पुर्खादेखि मादल बनाउँदै आएको छु,’ उनले भने, ‘तर पछिल्लो समय मादलको माग घट्दै गएको छ ।’ उनले अहिले पनि बर्सेनि ५/७ लाख मादल बनाएरै कमाउने गरेका छन् ।

Vianet communication

आफ्नो मुख्य पेशा नै यही भएकाले यसरी चाडपर्वको समयमा पनि मादलको माग घट्दै जानुले आफूहरूको पेशा धरापमा पर्ने गरेको उनले बताए । ‘हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि हाम्रो पेशा नै लोप हुन लागेको छ,’ उनले भने, ‘यसले हामीलाई चिन्तित बनाएको छ ।’

मादलको व्यापार घट्नुको प्रमुख कारण यसको प्रयोग नै घटेको उनीहरूको भनाइ छ । मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ । गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ । मेहनत अनुसारको मूल्य पाउन छोडेपछि मादल बनाउने वादीहरूको संख्या पनि घटेको छ । 

मादल बनाउनका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठ प्रयोग गर्छन् । गोरु र बाख्राको छाला प्रयोग हुन्छ । काठ खोप्ने आधुनिक औजार तथा मेसिन अभावमा उनीहरूले परम्परागत रूपमै छिनो र बसिलाको प्रयोग गर्छन् । एउटा मादल बनाउनकै लागि ४ दिनदेखि १ सातासम्म लाग्ने गर्छ । 

अहिले मादल खोल्ने मेसिन नहुँदा पनि समस्या भएको ठेलराज वादीको भनाइ छ । ‘मादल खोल्ने मेसिन छैन, पश्चिम दाङबाट खोलेर ल्याउँछौं, त्यही पनि राम्रो हुँदैन,’ उनले भने, ‘सरकारले मादल खोल्ने मेसिन ल्याइदियो भने हामीलाई सहज हुने थियो ।’

पछिल्लो समय मादल व्यवसाय घट्दै जानुले यस क्षेत्रका वादी समुदायको रोजीरोटी नै गुम्ने तथा पहिचान पनि हराउने चिन्ता भएको भन्दै मादलको बजारीकरण तथा व्यवस्थापन गर्न उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

उनले वादी समुदायको सहजताका लागि मशिन पनि खरीद गर्ने प्रतिबद्धता जनाए । यदि आधुनिक औजार र मेसिनहरूको प्रयोग गरी उद्योगका रूपमा सञ्चालन गर्न सके यो पेशालाई व्यावसायिक बनाई रोजगारी सिर्जना गर्न सकिने वादी समुदायका अगुवाहरूले बताएका छन् । त्यसका लागि हाम्रो पुरानो संस्कृति र परम्परासँग जोडिएको मादलका संगीतलाई जोगाइरहन आवश्यक देखिन्छ, उनीहरूको भनाइ छ । – दीपक बोहरा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x