×

NMB BANK
NIC ASIA

औद्योगिक ग्रामप्रति स्थानीय तहको अग्रसरता बढ्दो

माघ २७, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

सुदूरपश्चिम प्रदेशमा औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अगाडि बढेको छ ।

Muktinath Bank

प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीति अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अगाडि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्ष २०७६/२०७७ मा प्रत्येक प्रदेशमा १० वटाका दरले ७ वटै प्रदेशमा ७० वटा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य लिइएको छ । जसको प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको हो ।


Advertisment
Nabil box
Kumari

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै ५ स्थानीय तहमा आद्यौगिक ग्राम बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशमा २, ५ नम्बर प्रदेशमा १ र गण्डकी प्रदेशका २ स्थानीय तहमा औद्योगिक ग्राम बनाउने घोषणा गरिएको छ ।

Vianet communication

डोटीको जोरायल गाउँपालिका–२, बझाङको तलकोट गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–६, स्याङ्जाको चापाकोट नगरपालिका–९ र स्याङ्जाकै गल्याङ नगरपालिका–१ मा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरिएको छ ।

सरकारी निर्णयसँगै सुदूरपश्चिममा औद्योगिक ग्रामको संख्या ५ पुगेको छ । कञ्चनपुरको बेलौरी र पुनर्वास नगरपालिका, बैतडीको मेलौली नगरपालिकामा यसअघि नै औद्योगिक ग्राम बनाउने निर्णय भइसकेको छ ।

तर औद्योगिक ग्रामको लागि अति न्यून मात्रामा प्रस्ताव दर्ता भइरहेको जनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पर्याप्त जानकारीको अभाव र कार्यायोजना अभावले प्रस्ताव कम आएको बताए । अझै प्रस्ताव दर्ता गर्न आह्वान गर्दै मन्त्री भट्टले ग्राम उद्योगबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

औद्योगिक ग्राम संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको सहभागितामा सरकारबाट घोषणा भई विकास र निर्माण कार्यविधि ल्याएको छ । स्थानीय स्रोत साधन, कच्चा प्रदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु उद्योग तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवद्र्धन गरी रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने आशा लिइएको छ । छरिएर रहेको साना उद्योगलाई एकीकृत गरी व्यवस्थित गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने जनाइएको छ । 

आव २०७५/२०७६ मा मन्त्रीस्तरीय निर्णय अनुसार ३२ वटा औद्योगिक ग्राम घोषणा भई निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ । ती ३२ वटा स्थानीय तहस्थित औद्योगिक ग्राम बजेट वितरण गरी निर्माणको चरणमा रहेका छन् । मन्त्रालयले निर्माणको लागि प्रतिऔद्योगिक ग्रामलाई ९२ लाख रुपैयाँको दरले बजेट उपलब्ध गराउँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x