डिशहोममा डिलर दाइको ‘डिस्काउन्ट’

डिशहोमले ग्राहकलाई अझै बढी सेवासुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ अफर ल्याएको छ ।

अफर अनुसार डिशहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत एड–अन प्याकेजसहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद उपहार जित्नेछन् ।


Advertisement

साप्ताहिक लक्की ड्र कार्यक्रम २०७६ माघ २७ गतेदेखि वार्षिक रिचार्ज गर्ने ग्राहकको लागि मात्र लागू हुनेछ । साप्ताहिक लक्की ड्र २०७६ फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिने छ ।

प्रत्येक हप्ताको शुक्रवारदेखि बिहीवारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकलाई आउने शुक्रवारको लक्की ड्रमा समावेश गरिने छ । फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्र साप्ताहिक लक्की ड्रमा समावेश गरिने छ । समावेश हुनु भएका ग्राहकको डिशहोम सेट–टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिने छ । विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ ।


Advertisement

नेपालभर रहेका जुनसुकै डिशहोमका डिलरमार्फत ग्राहकले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी योजनामा सहभागिता जनाउन सक्नेछन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्