×

NMB BANK
NIC ASIA

जिम्बाब्बे गम्भीर आर्थिक संकटमा : मुद्रा कोष

फागुन १५, २०७६

NTC
Premier Steels

दशक यता देखिएको चरम खडेरीका कारण जिम्बावले यस वर्ष गम्भीर आर्थिक संकटको सामना गरेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएका छन्।

Muktinath Bank

विशेषज्ञहरूले दक्षिणी अफ्रिकी उक्त मुलुकको भ्रमण गरेका र अधिकारीसँग भेट गरेपछि आईएमएफ टोलीले उक्त चेतावनी जारी गरेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिम्बावेको अर्थव्यवस्थामा एक दशकभन्दा बढी गिरावट देखिँदै आएको र यहाँ नगद, इन्धन, औषधी र खानाको दीर्घकालीन अभाव देखिएको उक्त टोलीले बताएको हो। पसलहरूमा प्रमुख खाद्यान्नको रूपमा प्रयोग हुने मकै वा पोषणका अन्य प्रमुख स्रोतहरूको अभाव देखिएको छ। 


Advertisment
Nabil box
Kumari

४० वर्षको अन्तरालमा देखिएको सबैभन्दा ठूलो खडेरीले दुःखलाई थप गरेको छ। देशको कूल जनसंख्या १ करोड ५० लाखमध्ये करिब आधा जनसंख्याले खाद्यान्न अभावको सामना गरिरहेको बताइएको छ।

Vianet communication

आइएमएफले सन् २०२० मा पनि खाद्यान्न उत्पादनमा कमी आउने अनुमान गरिएको र यस वर्ष खाद्यान्न उत्पादन वृद्धि हुने कुनै पनि संकेत नदेखिएकोले खाद्यान्न अभाव कायम रहने आइएमएफले उल्लेख गरेको छ। 
‘आधिकारिक ऋणदाताहरुलाई ठूलो बाह्य खर्च तिर्नु पर्ने कारण जिम्बाब्वे अझै केही वर्ष ऋणको सङ्कटमा रहन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

सन् २०१७ मा रोबर्ट मुगाबेको स्थानमा राष्ट्रपति भएका र सन् २०१८ जुलाईमा निर्वाचित राष्ट्रपति भई आएका इमर्सन म्यानगाग्वा व्यावसायिक गतिविधिलाई पुनर्जीवित गर्ने, विदेशी लगानी आकर्षित गर्ने र सन् २०३० सम्म मध्यम आएको अर्थतन्त्रको ओहदा प्राप्त गर्ने बाचासाथ नेतृत्वमा रहेका छन्।
  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x