दिल्लीमा दंगा गराउन कहाँबाट ल्याइयो हातहतियार ?

दिल्लीको दंगामा मारिएका तथा घाइते भएका मानिसको सूची एक अस्पतालले जारी गरेको छ । उक्त सूचीमा कुन मानिस कसरी मर्‍यो वा घाइते भयो भनी लेखिएको छ । 

मारिएका मानिसमा धेरैजसोलाई गोली हानिएको देखिएको छ । प्रश्न उठ्छ, उत्तरपूर्वी दिल्लीमा त्यति धेरै हतियार कहाँबाट आयो ? दंगाको तयारी पहिलेदेखि नै गरिँदैथियो त ?


Advertisement

दिल्लीमा इराक वा सिरियाको जस्तो विध्वंसका तस्वीरहरू सार्वजनिक भएका छन् । 

उत्तरपूर्वी दिल्लीमा अहिले दंगा गर्नेहरू चिच्याएको सुनिन्न अनि गोलीको आवाज पनि छैन । छ त केवल मूर्दा शान्ति । घरहरू डढाइएर खण्डहर बनाइएका छन् । 


Advertisement

३८ जनाले दंगामा ज्यान गुमाएका छन् । मध्यमवर्गीय र गरीब परिवारका मानिस भएको बस्तीलाई तहसनहस बनाइएको छ । 

दिल्लीमा यति धेरै हतियार कहाँबाट ल्याइयो ? कसले ल्यायो ? कसरी ल्यायो ? प्रहरी र जासूसी संस्थाले किन यसको कुनै सूचना पाएनन् ?

सामान्यतया दंगामा लट्ठी, धारिलो हतियार, इँटा, ढुंगा र पेट्रोल बम बढी उपयोग गरिन्छन् । तर दिल्लीको दंगामा गोली व्यापक चलेको र मान्छे मारेको देखिन्छ । भनेपछि यसको तयारी निकै पहिलेदेखि नै गरिँदै आएको हुनुपर्छ ।

घटनाको निष्पक्ष छानबिनको माग दिल्लीवासीहरूले गरिरहेका छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्