×

NMB BANK
NIC ASIA

आहा रारा गोल्डकप : उद्घाटनमा आयोजक सहारा र ब्रिगेड ब्वाइज भिड्ने

सुजल श्रेष्ठलाई सर्वोत्कृष्ट राष्ट्रिय फूटबल खेलाडी सम्मान

फागुन २०, २०७६

NTC
Premier Steels

मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बिहीबारदेखि पोखरा रंगशालामा १८औं आहा रारा गोल्डकप फूटबल प्रतियोगिता आयोजना गर्दैछ । 

Muktinath Bank

१० टीम सहभागी उक्त प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माणाधीन पोखरा रंगशालामा फागुन २२ देखि चैत १ सम्म हुने सो प्रतियोगितामा साविक विजेता रुस्लान थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल आयाल निगम मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब, झापा–११ फूटबल क्लब, भारतको गान्तोक सिटी फूटबल क्लब समेत प्रतिष्पर्धामा छन् । लिगविजेता मच्छिन्द्र क्लबको भने सहभागिता छैन ।
 
यसपालि पुरस्कार राशिमा वृद्धि गरिएको छ । विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

गत संस्करण तुलनामा विजेताको लागि २ लाख र उपविजेताका लागि १ लाख रुपैयाँ पुरस्कार वृद्धि गरिएको हो । 

Vianet communication

समयक्रम अनुसार यसपालि पुरस्कार राशि बढाइएको प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । 

प्रतियोगिताबाट १ करोड १८ लाख रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । 

यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय फूटबल खेलाडी सम्मानबाट सुजल श्रेष्ठलाई नगद ३५ हजार सहित सम्मान गरिनेछ । 

मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले आफ्नो विरासतपछि पनि छोराहरूले फूटबल विकासमा सहयोग गर्ने उद्घोष गरे । 

२०५५ सालमा पोखरामा स्थापित मोफसलको चर्चित सहारा क्लब फूटबलमार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएको छ ।

क्लबले सहारा एकेडेमी सञ्चालन गरी हाल तेस्रो ब्याचको रूपमा १४ जिल्लाका २४ बालकलाई फूटबल प्रशिक्षणसहित आवासीय सुविधा एवं शिक्षादिक्षा प्रदान गरिरहेको छ ।

प्रतियोगितालाई शुरूको संस्करणदेखि हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले मुख्य प्रायोजन गर्दैआएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । 

१७ औं संस्करणको विजेता रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मी हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x