ग्यास आयात नियमित छ : बिक्रेता

प्रतिकात्मक तस्वीर

नेपाल एलपी ग्यास उद्योग संघ तथा ग्यास बिक्रेता महासंघले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बिक्रेताले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरेका छन् ।  


Advertisement

ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गर्दै व्यवसायीलाई नयाँ  सिलिन्डर नबेच्न समेत निर्देशन दिइएको छ ।

ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा १ करोड २३ लाख सिलिन्डर रहेको जनाउँदै कोभिड–१९ का कारण हाल दैनिक १ लाख सिलिन्डर खपत भएको बताए । उनका अनुसार तराईभन्दा काठमाडौंमा धेरै माग भएको छ ।


Advertisement

सन् २०१८ मा ३३ हजार मेट्रिक टन ग्यास खपत भएकामा सन् २०१९ मा ३८ हजार र सन् २०२० को हालसम्म ४३ हजार मेट्रिक टन खपत भइसकेको छ ।

फागुका कारण एलपी ग्यास आयात १ साता बन्द भएको थियो । फागुसँगै कोभिड –१९ को अनावश्यक हल्लाका कारण केही ढिलाए भए पनि नियमित रूपमा ग्यास आयात भएको हुँदा मौज्दात नराख्न श्रेष्ठले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्