×

NMB BANK
NIC ASIA

जब ओछ्यानमै चियाको सट्टा साबुन, मास्क र स्यानिटाइजर आइपुग्यो...

चैत १३, २०७६

NTC
Premier Steels

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ का लक्ष्मण साहको परिवार आज बिहान सुतिरहेकै बेला गाउँपालिकाका अध्यक्षसहितको टोली साबुन, मास्क र स्यानिटाइजर बोकेर उनको घर पुग्यो ।

Muktinath Bank

ढोका ढक्ढकाउँदा बल्ल ओछयानबाट उठेका साह तथा उनका परिवारजनले बिहानै गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहसहितको टोलीलाई आफ्नो दैलामा देखेपछि एकछिन अकमक्क परेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि गाउँपालिकाका अध्यक्ष साहले उनको परिवारजनका सबै सदस्यलाई मास्क वितरण गर्दै कोरोना भाइरसबाट जोगिन साबुनपानीले नियमित हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेपछि बल्ल उनका परिवारजनले गाउँपालिका अध्यक्षसहितको टोली जनचेतना दिन आएको बुझेका थिए ।


Advertisment
Nabil box
Kumari

कोरोना भाइरसको लक्षण र त्यसबाट आफू कसरी बच्ने तथा अरुलाई बचाउन सकिने भन्ने जनचेतनामूलक पर्चा लिएर गोलबजार नगरपालिका ५ मा पुग्नुभएका नगरप्रमुख देवनाथ साहले मास्क र साबुन वितरण गरेपछि सर्बसाधारणहरु दङ् परेका थिए ।

Vianet communication

कोरोनाबाट जोगिनका लागि नियमित मास्क लगाउन, साबुनपानीले मिचिमिची हात धुन र भीडभाडमा नगएर घरमै बस्न आग्रह गरेपछि उपस्थित स्थानीयवासीले नगरप्रमुखको कामको प्रशंसा गर्दै सुझावनुसार नै नियमित व्यहार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गोलबजार नगरपालिका प्रमुख र लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष मात्रै होइन, यतिबेला सिरहाका अधिकांश जनप्रतिनिधि आफ्ना नागरिकलाई कोरोनाको सङ्क्रमणबाट जोगाउन मास्क, साबुन, स्यानिटाइजरलगायत सरसफाइ सामग्री वितरण गर्दै जनचेतना जगाउन सक्रिय बनेका छन् ।

महामारीको सन्त्रासले त्रसित बनेका आफ्ना नागरिकलाई भरोसा दिन जनप्रतिनिधि जनताको दैलामा पुग्न थालेपछि नागरिकमा थोरै भए पनि आत्मविश्वास बढ्न थालेको गोलबजार नगरपालिका ३ का श्रवण चौधरीले बताए । उनले भने, ‘यसबाट जनतामा रहेको भ्रम केही हदसम्म भएपनि हटेको छ र यसबाट प्रतिनिधिप्रतिको भरोसा बढ्न थालेको छ ।’

सिरहामा १७ स्थानीय तह छन् । ती तहका जनप्रतिनिधिमध्ये अधिकांश यति बेला स्थानीय तहमा कोही गाउँगाउँमा कोरोना भाइरससम्बन्धी जनचेतना जगाउनमा व्यस्त छन् भने कोही क्वारेन्टाइन स्थापना गर्नमा सक्रिय बनेका छन् ।

लक्ष्मीपुर गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले भने, ‘हाम्रो पालिकाका सबै व्यक्तिलाई मास्क र सबै परिवारमा साबुन पु¥याइरहेका छौंँ ।’ कुल पाँच वडामध्ये दुई वटा वडामा मास्क र साबुन बाँडिसकिएको र बाँकी वडामा समेत बाँड्ने काम भइरहेको उनको भनाइ छ । गाउँपालिकामा करीब २७ हजार जनसङ्ख्या छ ।

सबै स्थानीय तहले टोल टोलमा पुगेर कोरोना भाइरसबाट जोगिन जनचेतनामुलक माइकिङ्ग समेत गरिरहेका छन् । सबै वडाका ठाउँठाउँमा सर्वसाधारणलाई हात धुन साबुनपानीको व्यवस्था मिलाउनाका साथै १० शय्याको क्वारेन्टाइनसमेत स्थापना गरिसकिएको सिरहा कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले बताए ।

आफ्नो गाउँपालिकाभित्र प्रवेश गर्ने सबैलाई अनिवार्य रुपमा साबुनपानीले हात धुने व्यवस्था मिलाइएको र हात धोएर मात्र गाउँपालिकामा प्रवेश गर्न दिने व्यवस्था गरिएको लक्ष्मीपुर पतारीका अध्यक्ष साहको कथन छ ।

कोरोना भाइरसबाट प्रभावित अन्य मुलुकबाट फर्किएकाहरुको तथ्याङ्क सङ्कलन भइरहेको सिरहा भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताए । भारतीय सीमावर्ती क्षेत्रसँगै जोडिएकाले जोखिम बढेको अध्यक्ष यादवले बताए ।

उनले भने, ‘त्यसैले भारतसहित अन्य प्रभावित देशबाट रोग फैलिएपछि यता आएकाहरुको खोजी गरिरहेका छौंँ, त्यस्ताहरुलाई तत्काल सूची तयार पारेर क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेका छौंँ ।’

गाउँपालिकाले भारतीय सीमावर्ती क्षेत्र ठाडीमा क्वारेन्टाइन स्थापना गरिसकेको छ । कोरोना महामारीको त्रासले विश्व नै आतङ्कित भइरहेका बेला आफ्ना नागरिकप्रति जनप्रतिनिधिले देखाएको सक्रियता निश्चय नै अनुकरणीय रहेको लहान नगरपालिका ७ का राजेश गुप्ता बताउँछन् । देश नै सङ्कटमा पर्न लागेका बेला जनतालाई भरोसा दिँदै जोगिने विधिबारे घरघरमा बुझाउन जनप्रतिनिधिले खेलेको भूमिकाबाट जनता र जनप्रतिनिधिबीच अझ सम्बन्ध मजबुत हुने उनको विश्वास छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x