×

NIC ASIA

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम र महामारी नियन्त्रणका निम्ति सरकारले देशलाई पूर्ण रुपमा ‘लक–डाउन’ गरेको छ ।

नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेकोमा १ जनाले उपचार गराएर पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने २ जना संक्रमितको उपचार भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारको लक–डाउनको निर्णयलाई कार्यान्वयन गराउन तथा जनताको रक्षा गर्न सडकदेखि सीमा नाकासम्म चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ छन् । ज्यानको जोखिम समेत ख्याल नगरेर सुरक्षाकर्मी परिचालित भएका छन् तर सुरक्षाकर्मीसँग व्यक्तिगत सुरक्षाका लागि पर्याप्त स्रोतसाधन छैनन् ।


Advertisment
Rupse Holidays
Nabil box

जिल्ला प्रहरी कार्यालय धनुषाले मातहतका कार्यालयबाहेक विभिन्न गण, गुल्म तथा प्रदेश सचिवालयमा मर्यादापालकका रुपमा समेत खटिएका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएर तैनाथ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले प्रदेशको अस्थायी राजधानी समेत भएका कारण जनकपुरसहित जिल्लाभर १ हजार जति प्रहरी परिचालित गरिएका बताए ।

Vianet communication

‘कार्यालयको सुरक्षादेखि बोर्डरमा रहेको सीमानाका होस् वा शहर बजार सबै ठाउँमा चौबिसै घण्टा प्रहरी परिचालन गरिएको छ,’ डीएसपी कार्कीले भने, ‘फिल्डमा खटिएका सबै प्रहरी कर्मचारीलाई मास्क, ग्लोब्ससहित परिचालन गरिएको छ ।’

ज्यानको जोखिम समेत मोलेर देश र जनताका लागि चौबिसैं घण्टा फिल्डमा खटेका सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षाका लागि चाहिने मास्क, ग्लोब्स र स्यानिटाइजर भने प्रहरी प्रधान कार्यालयबाट हालसम्म आइसकेको छैन । ‘मैले र एसपी सा’पले व्यक्तिगत निजी स्रोतबाट ती सबै जुगाड गरेका छौं,’ कार्कीले लोकान्तरसँग भने, ‘मैले १० मिटर जति कपडा र इलास्टिक समेत किनेर आफ्नै टेलरबाट सिलाउन लगाई तयार पारिएको कपडाको मास्क प्रहरी कर्मचारीलाई दिएको छु ।’ 

एसपी सा’पले समेत निजी खर्च गरेर आवश्यक सामान जसोतसो जुगाड गरेर प्रहरीलाई फिल्डमा खटाउनुपरेको उनले बताए । प्रहरी कर्मचारी कोरोना भाइरसको संक्रमणमा पर्नसक्ने सम्भावना पनि त्यति नै रहेका कारण जिल्ला प्रहरी कार्यालयमा २ वटा टेन्ट सहितको क्वारेन्टाइन तयार गरिएको छ । एउटा टेन्टमा बढीमा १० जनासम्मलाई आइसोलेट गरेर राख्न सकिन्छ । केही टेन्टहरू गण तथा गुल्ममा समेत दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी पनि स्रोतसाधन अभावबीच प्रहरी संगठन परिचालित भएको बताउँछन् । उनका अनुसार जिल्लामा रहेका ७० प्रतिशत जनशक्ति बाटो, राजमार्ग, बजार, नाकामा परिचालित छन् भने ३० प्रतिशत जनशक्ति कार्यालयको सुरक्षासहित थुनुवाको सुरक्षादेखि कार्यालयको प्रयोजनका लागि खटिएका छन् ।

‘प्रहरी प्रधान कार्यालय वा माथि कहीँ कतैबाट कोरोनाबाट बच्नका लागि स्रोतसाधन आएको छैन,’ एसपी चतुर्वेदीले लोकान्तरसँग भने, ‘विज्ञहरूको सुझाव लिएर आफ्नै आन्तरिक स्रोतबाट मास्क तथा स्यानिटाइजर उत्पादन गरेर प्रहरीलाई दिएका छौं ।’ अति नै जोखिम भएका कारण फिल्डमा खटिएका प्रहरी कर्मचारीले व्यक्तिगत पैसाबाट साबुन किनेर खल्तीमा बोक्दै परिचालित भएका छन् । बाटोमा पानी समेत नपाउँदा कतिपय प्रहरीले पानी समेत किनेर जनताको सेवामा खटिने गरेको उनले बताए ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) जय सापकोटाले प्रदेशभर ८ हजार जति प्रहरी परिचालित भएका छन् । ‘माथिबाट स्रोतसाधन नआएका कारण आन्तरिक स्रोतबाट जुटाएर सुरक्षाका सामग्रीहरू प्रयोग गर्न निर्देशन दिएका छौं,’ उनले भने ।

‘व्यक्तिबाट व्यक्तिमा कोरोना भाइरस संक्रमण हुने हुँदा प्रहरी कर्मचारी निश्चय नै सबैभन्दा बढी जोखिममा छन् तर देश र जनताको कामका लागि प्रहरी कर्मचारीले नाइँ भन्न पाउँदैन,’ उनले भने, ‘त्यसका लागि प्रत्येक दिन प्रहरी कर्मचारीलाई मोटिभेसन गर्नुका साथै काउन्सिलिङ समेत गरिएको छ ।’

नाकामा सशस्त्र प्रहरी 

बजारदेखि सडकसम्म नेपाल प्रहरी केन्द्रित भएको अवस्थामा सीमा नाकामा भने सशस्त्र प्रहरी बल तैनाथ भएका छन् । धनुषामा विगतमा ११ वटा मूल नाकमा मात्र परिचालित रहेका सशस्त्र प्रहरी बल अहिले जिल्लाको अन्य स–साना नाकासहित ३७ वटा नाकामा परिचालित भएका सशस्त्र प्रहरी बल धनुषाका क्राइसिस रेस्पोन्स सेलका इन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र बिष्टले बताए । ‘मुख्य नाकामा ५ देखि ७ जना र स–साना नाकामा ३ जनासम्म सशस्त्र प्रहरी परिचालित भएका छन्,’ बिष्टले लोकान्तरसँग भने, ‘त्यसबाहेक शहर बजारदेखि बाटोमा समेत लक–डाउन कार्यान्वयनका लागि खटेका छौं ।’

फिल्डमा खटिएका सशस्त्र प्रहरी बललाई मास्क, स्यानिटाइजर तथा पन्जासहित पठाएको उनले बताए । ‘केही सामग्रीहरू माथिबाट पनि आएका छन् भने केही सामग्री आफ्नै स्रोतबाट तयार समेत गराएर दिएका छौं,’ बिष्टले भने, ‘प्रत्येक दिन ड्युटीमा खटेर आएपछि पोशाकसहित बूट समेतमा ब्लिचिङ पाउडर छर्किनुका साथै सफा समेत गर्ने भनेर काउन्सिलिङ गरेका छौं ।’

कोरोना भाइरस सम्बन्धी पूर्व तयारीका लागि विभिन्न ब्यारेकमा सेल्फ क्वारेन्टाइन समेत निर्माण गरिएको उनले बताए । अहिले विशेष परिस्थिति भएका कारण जिल्लामा अस्थायी रुपमा थप ब्यारेक समेत निर्माण गरिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x