बागमती प्रदेशको राजधानी हेटौँडामा पनि अब कोरोना भाइरसलगायत अन्य परीक्षण गर्न सकिने भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा रहेका उपकरणलाई बिहीबार प्राविधिक जनशक्तिले परीक्षण शुरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोनालगायत विभिन्न प्रकारका जाँच गर्नका लागि पठाइएका सामग्रीको सफल परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए। उक्त प्रयोगशाला तत्काल सञ्चालन गर्ने प्रक्रियाका लागि संघीय सरकारले दुई जना प्राविधिक खटाएको सामाजिक मन्त्रालयले जनाएको छ।
यसअघि आइशोलेसनमा रहनुभएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु पठाउने गरेकामा अब हेटौँडामै परीक्षण गरिने सो मन्त्रालयले जनाएको छ।
रासस