×

NMB BANK
NIC ASIA

संसद् अधिवेशन अन्त्यको अन्योल कायमै

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 अघिल्लो वर्ष संसद्को हिउँदे अधिवेशन चैत १० गते सकिएको थियो । तीन महिनामै अधिवेशन अन्त्य भए पनि यो वर्ष भने अधिवेशन अन्त्यको कुनै तयारी छैन ।

Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गरेपछि अधिवेशन अन्त्य झनै अन्योलमा परेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्यको संवैधानिक व्यवस्था भए पनि संसद्सँग अहिलेसम्म कुनै परामर्श भएको छैन । अन्त्यअघि सामान्यतया अनौपचारिक परामर्श गर्ने प्रचलन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यबारे कुनै जानकारी प्राप्त नभएको बताए । उनले भने, “निरन्तरको लकडाउनका कारण कुनै परामर्श भएको छैन । अधिवेशन अन्त्यलगायतबारे कुनै पनि जानकारी हामीलाई आएको छैन । अघिल्लो वर्षको तुलनामा त हामी अलि ढिला भइसकेका छौँ ।”


Advertisment
Nabil box
Kumari

कोरोनाको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि सांसदहरूले अधिवेशन अन्त्यको मागसमेत गर्दै आएका थिए । फागुन अन्तिम साताबाटै अधिवेशन अन्त्यको माग भए पनि केही विधेयक र एमसीसी पारितका लागि बैठक लम्ब्याइएको थियो । तर, लकडाउनको अवस्थापछि बैठक बस्न नसकेको हो ।

Vianet communication
Laxmi Bank

लकडाउनको अवधिमा प्रतिनिधि सभाको बैठक तीन पटक सूचनाबाट पछि सारिएको छ । राष्ट्रिय सभा भने चैत ७ पछि अर्को सूचना जारी नभएसम्म स्थगित भइसकेको छ । प्रतिनिधि सभा भने चैत १३ बाट २३ गतेका लागि सारिएको थियो । तर, लकडाउनको अवधि लम्बिएपछि चैत ३० सम्म स्थगित गर्ने सूचना सचिवालयले जारी गरिसकेको छ ।

कतिपयले विपद् व्यवस्थापन र खरिद प्रक्रियाबारे समेत तत्काल कानुन चाहिने भन्दै अध्यादेश जारी गर्न सरकारलाई सुझाइरहेका छन् । तर, अधिवेशन चालू रहेको अवस्थामा अध्यादेश जारी गर्ने अधिकार रहन्न । संवैधानिक प्रावधानअनुसार संसद् अधिवेशन नरहेको अवस्थामा कुनै जरुरी कामका लागि अध्यादेश जारी गर्न सकिन्छ । हाल अधिवेशन कायमै रहेका कारण अध्यादेश जारी गर्ने अवस्था छैन ।

हिउँदे अधिवेशनमा ढिलाइ हुँदा बजेट अधिवेशनमा दबाब पर्नेछ । संवैधानिक प्रावधानअनुसार जेठ १५ गते अनिवार्य रूपमा बजेट पेस हुनुपर्नेछ । सोभन्दा अघि ‘पूर्व बजेट छलफल’, सरकारको नीति तथा कार्यक्रम पेस तथा छलफलका प्रक्रिया पनि बजेट अधिवेशनले गर्नुपर्नेछ । चालू अधिवेशन लम्बिँदा ती सबै काममा दबाब हुनेछ ।

चालू अधिवेशनको सुरुआतको एक महिना कुनै उपलब्धिबिना नै लम्बिएको थियो । सभामुख चयनमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण अधिवेशन आह्वानको एक महिनापछि मात्र प्रतिनिधि सभा नियमित कार्यसूचीमा प्रवेश गरेको थियो ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x