×

NMB BANK
NIC ASIA

लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने

चैत २७, २०७६

NTC
Premier Steels

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।

Muktinath Bank

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन नसके पनि सरकारले विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर नपार्ने जानकारी दिए । त्यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री पोखरेलले विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने उल्लेख गरे। ठूलो समस्या आएकाले सामान्य ढङ्गले यसको निकास नआउने र फरक परिस्थितिबाटै यसको निकास निकाल्नुपर्ने उनको भनाइ छ । सङ्कटलाई हेरेर जोखिमको थप विश्लेषण गर्दै अगाडि बढिने पनि उनले जनाए ।


Advertisment
Nabil box
Kumari

 परिस्थितिमा परीक्षा निर्भर
मन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमण हटेर जनजीवन सामान्य हुन थालेपछिको तीन सातामा विद्यार्थीको स्थगित परीक्षा गरिने बताए । तयारीका लागि केही समय दिनुपर्ने मन्त्री पोखरेलको भनाइ छ । हाल सरकारले चैत ६ गतेबाट सुरु हुने गरी तय गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेको छ भने वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रोकिसकेको छ ।

Vianet communication

यो अवस्थामा परीक्षाको वातावरण बन्न र समाजमा विद्यमान त्रास हट्न केही समय लाग्ने मन्त्री पोखरेलको भनाइ छ । उनले कोरोनाको समस्यासित जुधेका चीनका केही सहरमा पनि शैक्षिक संस्था सञ्चालन हुन नसकेको सन्दर्भ स्पष्ट गर्दै नेपालमा पनि विद्यालय खुल्न र परीक्षा सञ्चालन हुन केही समय लाग्ने बताए । मन्त्री पोखरेलले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा पुग्ने अवस्थामा विद्यालयलाई क्वारेन्टाइनका रूपमा सञ्चालन गर्न थालिएको बताउँदै यसले गर्दा विद्यालयको नियमित कक्षा सञ्चालन र परीक्षाको वातावरण बन्न समय लिने अवस्था देखिएको उल्लेख गरे।

 विद्युतीय माध्यमबाट पढाइने
यसैबीच शिक्षामन्त्री पोखरेलले लकडाउन कायम रहेको तथा विद्यालय लामो समयदेखि बन्द रहेको अवस्थामा विद्युतीय माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तता दिइने योजना रहेको बताए । अनलाइन माध्यमबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सकिन्छ कि भन्ने हिसाबले आफूहरू त्यसको गृहकार्यमा जुटेको जानकारी उनले दिए ।

विदेशका विद्यार्थीको समस्या समाधान गरिने
कोरोना भाइरस सङ्क्रमणका कारण अध्ययन भिसामा विभिन्न मुलुकमा पुगेका विद्यार्थीले समस्या पाएको जानकारीमा आएकाले आफूहरू यसको समाधानमा जुटेको जानकारी उनले दिए । अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, साइप्रसमा अध्ययनका लागि पुगेका तर एक वर्ष अवधि नपुगेका विद्यार्थीले आफूहरूलाई समस्या भएको जानकारी शिक्षा मन्त्रालयलाई गराएका छन् ।

यसका लागि ती देशका दूतावास, सरकार र नेपाली सङ्घसंस्थासित समन्वय गरेर कूटनीतिक पहलमा समस्याको समाधानका लागि पहल थालिएको उनले जानकारी दिए । साथै नेपालमा रहेका ती विद्यार्थीका अभिभावकसित समेत कुराकानी भइरहेको र नेपाल राष्ट्र बैङ्कमार्फत सजिलो तरिकाले पैसा पठाउने प्रबन्ध मिलाइएको मन्त्री पोखरेलले बताए ।

नेपालमा रहेका विदेशीलाई समस्या परेको अवस्थामा आफूहरूले समस्या समाधान गरिदिने गरेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली विद्यार्थीको समस्या समाधानमा पनि सम्बद्ध मुलुकबाट पहलको अपेक्षा गरिएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x