×

NMB BANK
NIC ASIA

लकडाउन लम्बिए मानव सेवा आश्रमका आश्रितहरू भोकभोकै हुने चिन्ता

चैत २९, २०७६

NTC
Premier Steels

दिनदिनै कम्तिमा ४–५ वटा समूह सहयोगका लागि झोला बोकेर आउँथे । मानवीय सेवामा थोरबहुत सहयोग गर्न पाएकोमा तृप्त हुन्थे भने आश्रितहरू पनि आशीर्वाद फर्काउँथे तर पहिलेजस्तो अहिले छैन । समय फेरियो । 

Muktinath Bank

परिस्थितिवश नेपाल सरकारले जारी गरेको लकडाउनको प्रभाव परेको छ । विश्वव्यापी कोरोना भाइरस संक्रमणसँगै गत ११ चैतदेखि जारी लकडाउनको प्रभाव दीनदुःखीको आश्रयको थलोसम्म परेको हो । सचेतनाका लागि मान्छेलाई घरबाहिर ननिस्कन भनिएपछि सहयोगी हातहरू पनि आउन पाएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित पर्यटकीयस्थल डेभिज फलबाट ५०० मिटर दक्षिणतर्फ लागेपछि पुगिन्छ – मानव सेवा आश्रम । कुनै पनि हालतमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्था अन्त्य गर्न २०६९ सालमा हेटौंडामा पहिलो पटक मानव सेवा आश्रम खोलिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन’द्वारा सञ्चालित आश्रम हालसम्म देशभरका विभिन्न जिल्लामा गरी १४ शाखा विस्तार भइसकेका छन् । 

Vianet communication

२०७४ चैत १७ गते प्रदेश शाखाको रुपमा पोखराको छोरेपाटनमा शाखा खोलिएको हो । कुल ७ रोपनी जग्गामा बनेका भवनमा २४ कोठा छन् । शाखामा हाल १०७ जना व्यक्ति आश्रित छन् । पोखरा–२५ हेमजामा समेत ४ महिनाअघि अर्को शाखा खोलिएको थियो, त्यहाँ हाल २७ जना छन् ।

आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन छन् भने संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी हुन् । अधिकारी भन्छन्, ‘सीमित स्रोतसाधन प्रयोग र जनमन संकलन अभियानबाटै कुनै पनि वैदेशिक दातृ निकायको शर्त सहितको सहयोग स्वीकार नगरीकन आफ्नो देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा गरिमाबोध गराउन सक्यौं भने आफ्नो जीवन सार्थक भएको ठान्नेछु ।’ उनकै सोच र परिकल्पनाबाट जन्मेको संस्थाले छोटो समयमै देशका विभिन्न ठाउँमा शाखा सञ्जाल फैलाउन सकेको छ । 

आश्रमको एक मात्र आय भनेको दानदाताको सहयोग नै रहेको उनले बताए । यसैबाट संस्था सञ्चालित छ । छोरेपाटनस्थित शाखामा हाल आश्रित १०७ जनामध्ये ६२ जना महिला र ६५ जना पुरुष छन् । त्यसमध्ये ४ जना बालबालिका छन् ।

मानव सेवा आश्रमको उद्देश्य नै मनोरोगी, शारीरिक अपाङ्गता भएका व्यक्ति, असहाय, गरीब, सडकपेटीमा आश्रित मानिसको सेवा गर्नु हो । उनीहरूको लागि खानपिन, बसाइँ, औषधिमूलो, हेरचाह, कपडा लगायतमा दैनिक ५० हजार बढी खर्च हुने गरेको शाखा संयोजक राजन सापकोटाले जानकारी दिए ।

यसअघि सहयोगबाट प्राप्त खाद्यान्न समेत अब अपुग हुन थालेको उनको गुनासो छ । ‘लकडाउनका कारण मानिसहरू आश्रमसम्म आउन सक्नुभएको छैन, स्टक रहेको खाद्यान्न समेत सकिन लाथ्यो । अझै लामो समयसम्म लकडाउन भएमा के खाने भन्ने पिरलो हुनेछ,’ सापकोटा भन्छन् । 

लकडाउनका कारण आश्रमका आश्रितको अवस्था के कस्तो छ भन्नेबारे बुझ्न लोकान्तर प्रतिनिधि लकडाउनको दोस्रो साता आश्रम पुगेका थिए । शाखा संयोजक राजन सापकोटाले आश्रममा खाद्य सामग्री अपुग हुन थालेको भन्दै वडा कार्यालय पोखरा–१७ लाई सहयोग अपिल गर्दै पत्र लेख्दै थिए । 

आश्रितलाई समेत कोरोनाविरुद्ध सचेतना अपनाउन भौतिक दूरी कायम गरी लहरै राखिएका कुर्सीमा राखिएको थियो । मानसिक रोगीबाहेक यहाँका अन्यलाई कोरोना सचेतनाबारे धेरथोर थाहा छ । आश्रमको भित्तामा समेत कोरोनाबाट बच्न के गर्नुपर्छ भन्नेबारे धेरै बुँदा सहितको पम्पलेट झुण्ड्याइएको छ । एउटा कुनामा स्यानिटाइजर देखिन्थ्योे । आश्रितलाई दिनमा कम्तीमा ३ पटकसम्म साबुनपानीले हात धुने व्यवस्था मिलाइएको छ ।

आश्रितलाई परिसरबाट बाहिर जान नदिइएको र बाहिरबाट आउनेलाई उच्च सतर्कता अपनाउँदै साबुनपानीले हात धुन र स्यानिटाइजर प्रयोगका लागि निर्देशन गर्ने गरिएको प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार आश्रममा हाल १ जनामा उच्च ज्वरो आएको हुँदा छुट्टै कोठामा (क्वारेन्टाइन) मा राखिएको र अर्का १ जना पहिलेदेखि क्षयरोगी भएकाले अर्को कोठामा छुट्टै बसोबासको व्यवस्था मिलाइएको छ । नभए अरु आश्रितलाई नियमित चेकजाँचक्रममा कोरोनाको लक्षण देखा नपरेको सापकोटाले बताए ।

आश्रित व्यक्तिको सेवाका लागि २ जना स्वास्थ्य कार्यकर्ता नियमित खटिन्छन् । विशेषज्ञ डाक्टर भने कोरोनाका कारण आएका छैनन् । पहिले पोखराकै गण्डकी मेडिकल कलेज लगायत अस्पतालबाट विशेषज्ञ डाक्टरलाई महिनामा २ पटक ल्याएर आश्रित व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिएकोमा अहिले स्काइपमार्फत काम चलाउने गरिएको छ ।

काठमाडौंस्थित मानव सेवा आश्रमकै चिकित्सकले स्काइपमा बिरामीको स्वास्थ्य जाँच गर्छन् । स्काइप अघि १–१ जनालाई उभ्याउने र अवलोकनमा कुनै असाधारण समस्या देखा परे वा सूचना दिए सोहीअनुरुप चिकित्सकले प्रेस्क्रिप्सन (औषधि लेख्ने) प्रबन्ध मिलाउनुपरेको प्रदेश संयोजक तिमिल्सिनाले बताए ।

पहिले–पहिले पोखरा बजारमा सडकपेटीमा देखा पर्ने मनोरोगी अहिले आश्रममा लगिएकाले सडकमा देखापर्न छाडेका छन् । छोरेपाटनस्थित मानव सेवा आश्रममा सबैभन्दा बढी ९६ वर्षका एक ज्येष्ठ नागरिक समेत छन् । म्याग्दी घर बताउने चुनबहादुर पुनमगरलाई पोखराको तालचोकबाट डेढ वर्षअघि आश्रममा ल्याइएको हो । सानैदेखिको चुरोट र सूर्तीको तलतल रहने बताउने चुनबहादुरलाई यहाँ भने सुर्ती खान निषेध छ । आफन्त कोही नभएपछि शहर बजार बरालिँदै हिँड्दा आफूलाई बस्ने बास दिइएको भन्दै उनले खुशी व्यक्त गरे । 

आश्रमले हालै स्थापनाको २ वर्ष पूरा गरेको छ । यस अवधिमा ४०० जनालाई आश्रय दिइसकेको जनाइयो । जसमा १५० जनालाई पारिवारिक पुनर्मिलन गराउँदै परिवारको जिम्मा दिइयो । सो अवधिमा १७ जनाको निधन भयो भने केही भागेको पनि आश्रमको रेकर्डमा छ । 

पोखरामा मानव सेवा आश्रम स्थापनापछि कतिपय मानिसले आफ्नो जन्मदिन वा कुनै अवसरमा हुने फजुल खर्च रोकी आश्रममै दान दिने गरेको आश्रमका अभिभावक समेत रहेकी पत्रकार एवं अधिवक्ता सुष्मा पौडेलले बताइन् । विभिन्न संघसंस्थाले पनि वार्षिकोत्सव यही पुगेर केही न केही सहयोग गर्दै आएका थिए । देशैभरका शाखा यसरी नै चलेका छन् । अहिले भने लकडाउनले सो कार्यमा बाधा पुगेको हो । 

सरकारले लकडाउनको बेला वास्तविक पीडितलाई राहत सहयोग गर्न स्थानीय सरकारसमक्ष सम्पर्क राख्न भनेको थियो तर यतिका दिन बितिसक्दा पनि कतिपय मजदुरले राहत नपाएको गुनासो सुनिँदै गर्दा त्यस किसिमको सामग्री यतिधेरै मानिस आश्रित रहेको मानव सेवा आश्रममा कहिले आउला ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x