कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बैशाख ६, २०७७
दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिकाले कोरोनाका कारण भोकमरि उत्पन्न हुने भन्दै खेतीयोग्य जमिन बाँझो राखेमा तीन पुस्ते विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको ५१ औं वैठकले किसानलाई आवश्यक पर्ने सबै सामाग्री उपलब्ध गराउने योजनाका साथ सम्भावित भोकमरीबाट जोगिन यस्तो निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी शेरबहादुर सिजापतीले जानकारी दिए ।
‘लकडाउनका कारण उत्पन्न हुन सक्ने परिस्थितिका कारण निकट भविष्यमा भोकमरी समेत हुन सक्ने भएकाले नगरपालिकामा रहेको जग्गा बाँझो नछोड्ने गरी खेतीबाली लगाउने नीति अबलम्बन गर्दै कृषिजन्य वस्तुको उत्पादन गरौ, भोकमरीबाट बचौ भन्ने अभियान संचालन गर्ने निर्णय भएको छ । यसका लागि वडागत रुपमा जग्गा, किसान, अहिले कुन कुन खेती गर्न सकिने हो, खेती गर्नका लागि बिउ, प्रविधि, सामाग्री के सहयोग आवश्यक पर्ने हो सो को विवरण संकलन गरी ७ दिनभित्र सम्बन्धित वडाले नगरपालिकामा पेश गर्ने निर्णय कार्यपालिकाले गरेको छ ।’
सूचना अधिकारी सिजापतीले भने, ‘नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउने । कोही कसैले आफ्नो जमिन बाँझो छोडेको पाईएमा निजलाई खेती गर्न अनुरोध गर्ने, अटेर गरे खेती नगरी जग्गा बाँझो छोड्नेको तिनपुस्ते विवरण सार्वजनिक गर्ने, नगरपालिकाबाट वितरण गरिने राहत लगायतका सहायता प्रदान नगर्ने, त्यस्तो व्यक्तिलाई नगरपालिकाबाट संचालित योजनाको उपभोक्त समितिमा समाबेश नगर्ने लगायत नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्रदान नगर्ने र कारबाहीको प्रकृया अगाडि बढाउने निर्णय गरेको हो ।’
नगरपालिकामा कार्यरत नगरपालिका अन्तर्गतका सबै (स्थायी रकरार) स्वास्थ्यकर्मीलाई अन्य सेवा सुविधाका अतिरिक्त लकडाउन अवधिभर स्थायी कर्मचारीको हकमा कार्यरत पदको शुरु तलब स्केलको पचास प्रतिशत र करारमा कार्यरत कर्मचारीको हकमा सम्झौतामा उल्लिखित तलबमानको पचास प्रतिशत रकम प्रोत्साहन स्वरुप मासिक रुपमा उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले बताए ।
उनका अनुसार यस्तो सुविधा नगरकार्यपालिकाको कार्यालयका लकडाउनको अवधिमा खटिईएका बढी ८ जना कर्मचारीलाई समेत उपलब्ध गराउन सकिनेछ । लकडाउन अवधिभरमा करारमा कार्यरत स्वास्थ्यकर्मी बिरामी भई अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने भएमा निजको उपचार खर्चको पचास प्रतिशत रकम नगरपालिकाले र निज कर्मचारी मृत्यू भएको अवस्थामा निजको परिवारलाई एकमुष्ट रु. ५ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकले कोभिड–१९ तथा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका क्रममा भएको आवागमन निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत वितरण गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न काम गर्ने निर्णय गरेको छ ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रका लागि आठबीस नगरपालिकामा रहेका अ.न.मि., एच.ए.,ल्याब टेक्निसियन, स्टाफ नर्स आदि अध्ययन पुरा गरेका जनशक्तिलाई कोरोना रोकथाम तथा नियन्त्रका लागि सुरक्षा उपकरण समेतको व्यवस्था गरी स्वंयसेवकको रुपमा खटाउनका सम्बन्धित वडाले ३ दिनभित्र निजहरुको सूचीतयार गरी नगरपालिकामा पठाउने निर्णय भएको छ । यस्तो विवरण पठाउदा कृषि तथा पशु सम्बन्धि प्राविधिक शिक्षा पुरा गरेका व्यक्तिको विवरण समेत समाबेश गरी पठाउने निर्णय भएको प्रमूख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...