
मोबाइल फोन इम्पोर्टेर्स एसोसिएशनले कोरोना भाइरस (कोभिड१९) महामारी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीलाई १० हजार थान मास्क सहयोग गरेको छ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित समारोहमा एसोसिएशनका अध्यक्ष दीपककुमार मल्होत्राले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन्।
अध्यक्ष मल्होत्राले यस सहयोगले कोरोनाको महामारीविरुद्ध लडिरहेका सुरक्षा निकायलाई थप बल प्रदान गर्ने विश्वास व्यक्त गरे।