×

NMB BANK
NIC ASIA

इटलीका नेपाली डाक्टरको अनुभव : घरमै ख्याल राख्दा पनि धेरै कोरोना संक्रमित निको !

बैशाख २३, २०७७

NTC
Premier Steels

इटलीमा २ महिना लामो समयदेखिको लकडाउन ४ मेबाट चरणबद्ध रुपमा खुलेको छ । फेब्रुअरी महिनामा कोरोना संक्रमण देखिएको इटलीमा २७ मार्चका दिन सबैभन्दा बढी ९१० जना व्यक्तिको मृत्यु भएको थियो भने त्यसैदिन ५ हजार ९०९ जना मानिसमा नयाँ संक्रमण फेला परेको थियो । अब इटली बिस्तारै सम्हालिँदै गएको छ ।

Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका–५ का डा. अनिलकुमार दास सन् २०१४ देखि इटलीमा चिकित्सकको रुपमा कार्यरत छन् । बंगलादेशबाट एमबीबीएस उत्तीर्ण गरेका दासले इटलीबाट नै एमडी तथा पीएचडी समेत उत्तीर्ण गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी हाल इटलीको राजधानी रोमस्थित एक पोलिक्लिनिकको आईसीयू सेवामा सिनियर कन्सलटेन्टको रुपमा कार्यरत छन् । 


Advertisment
Nabil box
Kumari

कोरोना विरुद्धको लडाइँमा चिकित्सकको भूमिकाले उनी अग्रमोर्चामा रहेर काम गर्दै आएका छन् । सन् २०१८ मा इटलीका शीर्ष १० चिकित्सकको सम्मानले उनी सम्मानित भएका थिए ।

Vianet communication

लोकान्तर प्रतिनिधि अजय अनुरागीले डा. अनिलकुमार दाससँग इटलीको अनुभवबारे कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीमा आधारित डा. दासको अनुभवको सम्पादित अंश :-

फेब्रुअरी महिनादेखि इटलीमा कोरोनाको आतंक शुरू भयो । हुन त चीनमा भाइरसले महामारीको रूप लिएको भन्ने कुरा हामीले समाचारमा पढ्ने गरेको भएपनि हामी त्यति सिरियस थिएनौं । शुरूमा इटलीको आदुभा शहरमा २ जना कोरोना संक्रमणका बिरामी अस्पताल पुगेका थिए ।

सामान्य ज्वरो हो भनेर चिकित्सकले सामान्य जाँच गरेका थिए । जेनेरल उपचार जस्तै चिकित्सक पनि बिरामीको सम्पर्कमा आए । 

कहाँबाट कसरी उपचार शुरू गर्ने भन्नेबारे चिकित्सकहरूमा अन्योल थियो । विभिन्न लक्षण देखा परिरहेका थिए । कुन औषधि दिने/नदिने भन्ने अन्योल थियो । रातारात अचानक २ जनाबाट १० हुँदै २०, ५०० देखि १ हजार व्यक्तिमा कोरोना संक्रमण फेला पर्न थाल्यो । १ सप्ताहमा नै इटलीमा भयावह रुप देखापर्‍यो । अन्त्यमा इटली सरकारले प्रतिपक्षी दलहरूसँग समेत चरणबद्ध बैठक गरेर ९ मार्चका दिन इमर्जेन्सी लागू गर्दै लकडाउन घोषणा गर्‍यो ।

सरकारले गरेको लकडाउनलाई पालना गराउन नागरिकले पनि सकारात्मक रुपमा नै लिए र सरकारको निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ जनताले पनि साथ दिए । अवस्था कतिसम्म भयो कि कुनै पनि अस्पतालमा शय्या खाली पाइएनन् । सबै अस्पतालमा कोरोनाका बिरामी नै भर्ना भए । विश्वभरमा नै स्वास्थ्य सेवामा ‘बेस्ट’ सुविधा रहेको इटली पनि एक्सपोज भयो । तयारी नै पूरा थिएन जस्तो देखापर्‍यो ।

सरकारले त्यसपछि रातारात नयाँ–नयाँ अस्पताल निर्माण गर्न थाल्यो । देशमा रहेका सबै स्टेडियमलाई अस्पताल बनाइयो । सरकारले एकातर्फ अस्पतालमा भेन्टिलेटर किन्न थाल्यो र अस्पतालमा आपूर्ति गर्न थाल्यो । चिकित्सकलाई चाहिने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) सहित विभिन्न सुरक्षा कवचहरू पनि उपलब्ध गराउन थाल्यो ।

लकडाउन पूर्णरुपमा कडाइ गरियो । कोही मानिस पनि आफ्नो घरबाट कुनै पनि हालतमा निस्कन नपाउने निर्णय गर्‍यो । अत्यावश्यक काम र औषधि किन्नका लागि घर बाहिर पसलसम्म निस्कनु परेपनि एउटा फारम भरेर सरकारलाई जानकारी गराउनुपर्ने नियम बनाइयो । त्यसपछि सरकारले अनुमति दिन्थ्यो र बाहिर निस्कन पाइन्थ्यो । बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क तथा ग्लोभ्स लगाउनैपर्छ ।

लकडाउनको नियमलाई कसैले उल्लंघन गरे कडा जरिवाना तिर्नुपर्ने थियो । ३०० यूरो देखि ३ हजार यूरोसम्म कडा जरिवाना तिर्नुपर्ने अवस्था थियो । सडकमा कि त प्रहरीको गाडी हुन्थ्यो, कि त स्वास्थ्यकर्मीको मात्रै ।

जनताको सुविधाका लागि सरकारले नागरिकलाई अतिरिक्त सुविधा पनि दिएको थियो । जनता आफ्नै घरमा भएकाले घरघरमा खाना पुर्‍याउन सरकारले नै व्यवस्था गरेको छ । प्रत्येक घरका लागि ३०० यूरोको कुपन दिएको छ । कुपन अनुसार प्रशासनले नै खाना पुर्‍याइदिने गरेको छ ।

लकडाउका कारण मानिस बेरोजगार भएको अवस्थामा प्रत्येक बेरोजगार मानिसको बैंक खातामा ६०० यूरो सरकारले जम्मा गरिदिएको छ । बाहिर सामान किन्नु परे सामाजिक दूरीलाई कायम गर्दै अत्यावश्यक सामान किन्न पाउने व्यवस्था थियो । सबै स्वास्थ्यकर्मी पनि बिरामीको उपचारमा लागेका थिए । धेरैजसो मानिस आ–आफ्नै घरमा क्वारेन्टाइन बसेका कारण पनि स्थिति सम्हाल्नमा सहज भयो । मानिसको प्रत्यक्ष भौतिक सम्पर्कलाई विच्छेद गरियो । बिस्तारै विभिन्न जिल्ला, शहर सबै ठाउँमा स्थिति नियन्त्रणतर्फ आएको छ ।

हामी चिकित्सकले महिनामा १६० घण्टा ड्यूटी गर्नुपर्ने हुन्थ्यो तर कोरोनाको उपचारमा हामीलाई दिनरात काम गर्नुपरेको छ । भित्र अस्पताल छिर्ने समय सुनिश्चित नै हुन्छ तर निस्किने समय भने फिक्स हुँदैन । म आफैं आईसीयूमा काम गर्न जाँदा १ पटकमा ३ घण्टासम्म बस्नुपर्ने हुन्थ्यो, त्यसपछि केही ब्रेक र फेरि ड्यूटी । आईसीयूमा पीपीई लगाएर गइसकेपछि पानी समेत पिउन मिल्दैनथ्यो । पानी नपाएर होइन, संक्रमणको डरले पानी पिउँदैन्थ्यौं ।

सोमवारबाट लकडाउन खुकुलो पारिएको छ । अहिले पहिलो हप्ता कपडा पसल, किराना पसल खोलिएको छ । बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म खोल्न अनुमति दिइएको छ । अर्को हप्ता रेडियो, इलेक्ट्रोनिक्स, सैलूनका पसल खोल्ने अनुमति दिनेछ भने फेरि अर्को हप्ता सार्बजनिक यातायातका बस, रेस्टुरेन्ट, सपिङ मल, स्पोर्टस् सेन्टर, सुपर मार्केट खोल्दै लैजाने सरकारको नीति छ ।

यसरी लकडाउन खोलिएपछि के कस्तो प्रभाव पर्ला भन्ने कुराको असर आगामी २ हप्तापछि देखिन्छ । संक्रमणको दर फेरि पनि बढ्न सक्छ । फेरि पनि पीकमा जान सक्छ तर भाइरस सँगसँगै जीवनको पनि प्रयोग गरेको छ ।

आइतवारसम्मको तथ्यांक अनुसार इटलीमा २ लाख ९६ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको छ भने २८ हजार ७१० जनाको मृत्यु भएको छ । १ लाख ८ हजार ७०४ जना अझै पनि उपचार गराइरहेका छन् । त्यसमध्ये १ हजार ५३९ जना आईसीयूमा उपचाररत छन् । विगतको भन्दा मृत्युदर पनि घटेको छ भने नयाँ संक्रमणको दर समेत घटेको छ ।

ज्येष्ठ नागरिक बढी प्रभावित 

कोरानाले इटलीमा सबैभन्दा बढी ज्येष्ठ नागरिकलाई नै प्रभावित गरेको छ । धेरैजसो व्यक्तिहरू ९० वर्ष, १०० वर्ष उमेर समूहका छन्, ७० वर्षका व्यक्तिलाई पनि वयस्क नै भन्ने गरिन्छ । इटलीमा खानपिन, भीभीआईपी लाइफ स्टाइलका कारण मानिस बढी उमेरसम्म बाँच्ने गर्छन् । कोरोनाबाट मृत्यु हुनेमा धेरैजसो मानिस ६५ वर्ष उमेरभन्दा माथिकै छन् । अपवाद स्वरूप कोही–कोही ४५ वा ५० वर्ष उमेरका व्यक्तिको पनि मृत्यु भएको छ तर त्यसको दर एकदम कम छ ।

धेरैजसो व्यक्ति घरमा क्वारेन्टाइनमा बसेर नै निको भएका छन् । अस्पताल नै आउनुपर्छ भन्ने जरुरी नै पनि छैन । आइसोलेट भएर घरमा पनि औषधि सेवन गर्दा धेरै मानिसहरू निको भएका छन् तर मधुमेह, मुटु सम्बन्धी रोग लागेका मानिसलाई कोरोनाले बढी नै समस्या पार्ने गरेको छ । शुरूशुरुमा जनरल वार्डमा राखेर हामीले उपचार गर्दै आईसीयूमा अक्सिजन तथा भेन्टिलेटर समेत प्रयोग गर्दा पनि बचाउन नसकेको अनुभव पनि हामीले गरेका छौं ।

धेरैजसो मानिसमा हामीले मलेरियामा चलाउने हाइड्रोक्सीक्लोरोक्वीन नामक औषधि चलाएका थियौं । केही युवामा औषधिले काम गरेपनि मुटु रोग भएका व्यक्तिमा भने औषधिले झन् खराब अवस्था ल्यायो । त्यसले नकारात्मक तथा साइडइफेक्ट समेत गर्‍यो । त्यसैले औषधि रेफरेन्सको रुपमा चलाउन सकिन्छ नै भनेर हामीले भन्न पनि सक्दैनौं ।

नेपालले लकडाउन गरेर धेरै राम्रो गरेको छ तर कडाइका साथ पालना गर्नुपर्छ । लकडाउन तथा सामाजिक दूरीबाहेक नेपाल जस्तो देशको लागि अन्य विकल्प पनि छैन । नेपालले लकडाउन बढाएर जनतालाई सुरक्षित राख्न राम्रो प्रयास गरिरहेको छ । मेरो विचारमा भारतमा आहिले पनि संक्रमण बढ्दै गएको हुनाले नेपालमा अहिले लकडाउन खुकुलो पार्नेतर्फ सोच्न पनि हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x