पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बैशाख २९, २०७७
उदयपुरको भुल्के र बाँकेको नेपालगञ्जलाई बिर्साउने गरी कपिलवस्तु कोरोनाको इपिसेन्टर बन्ने खतरा देखिएको छ । बिहीवार दुई जना शनिवार ३ जनामा गरी ५ जना संक्रमण पुष्टि भएको कपिलवस्तुमा सोमवार बिहान जिल्लाका दुई स्थानीय तहमा गरी १० जना कोरोना संक्रमित भेटिएका छन् ।
उनीहरु सबै लुकिछिपी भारतबाट कपिलवस्तु प्रवेश गरेका हुन् । उनीहरु सबै भारतको मुम्बईबाट आएका बताइएको छ । कपिलवस्तुका प्रहरी प्रमुख दीपशमसेर राणाले संक्रमणको दर अझै बढी भेटिने खतरा बढदै गएको बताए ।
‘शनिबार यहाँबाट ३ सय जनाको थ्रोट स्वाब पठाएका थियौ । तीमध्ये केहीको जाँच गर्दा आइतवार थप १० जनाको कोभिड—१९ पोजेटिभ देखियो । अझै जाँच गर्न धेरै नमूना बाँकी छ । यसले अझै संक्रमित बढ्दै जाने देखिन्छ,’ राणाले लोकान्तरसँग भने ।
जिल्लाको यशोधरा गाउँपालिकाबाट ६२ बुद्धभूमि नगरपालिबाट १२० र कपिलवस्तु नगरपालिकाका १ सय जनाको स्वाब संकलन गरी काठमाडौं टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
संक्रमित १० जना मध्ये ८ जना यशोधरा गाउँपालिका वडा ५ का र २ जना बुद्धभूमि नगरपालिका वडा नम्बर १ र १० का रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । संक्रमण पुष्टि भएकाहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर खुलेको छैन ।
यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले भारतबाट लुकिछिपी आएका ति युवाहरुलाई गाउँपालिकाले निर्माण गरेको पशुपति शिक्षा मन्दिर र अनिरुद्ध माविको विद्यालयको क्वारेन्टाइनमा राखिएको बताए ।
उनले भने, ‘भारतको मुम्बई लगायतका विभिन्न सहरमा रोजगारीका लागि गएका उनीहरु १०/१२ दिन अगाडि गाउँ छिरेको थाहा पाएपछि प्रहरी प्रशासनको रोहबरमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।’
गाउँपालिकाबाट ६२ जनाको स्वाब संकलन गरी पठाइएको थियो । कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या १५ पुगेको छ भने, प्रदेश पाँचमा ४० जना पुगेका छन । बाँकेमा २४ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका मध्ये १ सय २५ जनाको स्वाव परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
संक्रमितको अवस्था सामान्य छ । कोरोनाका बिरामी धमाधम भेटिन थालेपछि जिल्लामा त्रास बढेको छ । जिल्लाका विभिन्न नाकामा अझै १६ नेपाली अलपत्र अवस्थामा छन । उनीहरुलाई जिल्ला प्रवेश गर्न दिइएको छैन ।
प्रवेश नपाएपछि उनीहरु रातको समयमा प्रहरीको आँखा छलेर आउने गर्छन । जसले गर्दा कोरोनाको जोखिम तराईका जिल्लाहरुमा उच्च देखिएको छ । सीमामा उच्च सर्तकता बढाइएको बताए पनि नेपाल छिर्ने क्रम रोकिएको छैन ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...