×

NMB BANK
NIC ASIA

सेना–प्रहरीको दमन भोगेका नरेश भण्डारी प्रहरीका शासकीय ‘कमाण्डर’

जेठ ३, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेशभित्र शीर्ष राजनीतिक नेतृत्वभित्र पर्ने नाम हो नरेश भण्डारी । उनी राजनीतिमा मात्रै होइन, साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Muktinath Bank

भण्डारी हाल कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री छन् । विश्व नै कोरोना भाइरस संक्रमणको चपेटामा परेका बेला मन्त्री भण्डारीसामु कोरोना रोकथाम र नियन्त्रणको जिम्मेवारी छ । हालसम्म कर्णालीमा कोरोना संक्रमण पुष्टि भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश सरकारले लकडाउनको सामना मात्रै नभइ प्रभावकारी कार्यान्वयन गरिरहेको मन्त्री भण्डारी बताउँछन् । ‘कोरोना परास्त गर्ने प्रमुख हतियार लकडाउन हो । सुरक्षा संयोजन र विपद् व्यवस्थापन कार्यकारी समितिको संयोजकको जिम्मेवारी पनि मैले सम्हालेको हुँदा कोरोना विरुद्धको लडाइँमा सक्रिय भूमिका निर्वाह गर्नैपर्छ,’ उनी भन्छन् ।


Advertisment
Nabil box
Kumari

मन्त्री भण्डारीले लकडाउनलाई जनताको सेवा गर्ने अवसरको रुपमा लिएका छन् । ‘भाइरस विरुद्धको युद्ध आंशिक होइन समग्र युद्ध हो । तसर्थ रणनीति आवश्यक थियो, रणनीति बनायौं । रणनीति अनुसार योजना र कार्यक्रम तय गर्‍यौं,’ उनले भने, ‘योजना कार्यान्वयनका लागि हामीलाई अधिकार सम्पन्न संरचना आवश्यक हुन्थ्यो, क्याबिनेट मन्त्रीहरूको नेतृत्वमा विभिन्न समिति निर्माण गर्‍यौं, रकम विनाको संरचनाको अर्थ हुँदैन्थ्यो, ५० करोड रुपैयाँको कोष खडा गर्‍यौं ।’

Vianet communication

कोरोना रोकथामका लागि प्रदेशभर क्वारेन्टाइन निर्माण र परीक्षणका लागि २ वटा पीसीआर मशिन जडान गरिएको मन्त्री भण्डारीले बताए । ‘हालसम्म कर्णाली प्रदेश कोरोनाबाट सुरक्षित प्रदेश बन्न सफल भएको छ,’ उनले भने ।

सेना–प्रहरीको दमन सहेका भण्डारीकै कमाण्डमा खटिन्छ प्रहरी

जुम्लाको गुठीचौर गाउँपालिका–५ कुम्डी गाउँमा २०३५ असार १ गते जन्मेका मन्त्री भण्डारीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य छन् ।

भण्डारी १९ वर्षको हुँदा आमा काशीकलाको निधन भयो । स्थानीय तहको निर्वाचन हुनु २ दिनअघि उनले छोरा विधानलाई गुमाए । भण्डारीका बुवा हरिबहादुर भण्डारी गुठीचौर गाउँपालिका अध्यक्षको उम्मेदवार थिए, बुवाको चुनाव प्रचारमा होमिएका बेला नेता भण्डारीले पुत्रशोक भोग्नुपर्‍यो । भण्डारीका बुवा चुनाव जितेर हाल गाउँपालिका अध्यक्ष छन् ।

बुवा नेकपा मोटो मशालका संस्थापक भएका कारण भण्डारी राजनीतिक माहोलमा हुर्किए । ‘प्रचण्ड नेतृत्वको मोटो मशालको स्थापना बुवाले गर्नुभयो प्रमुख संस्थापक भएर जुम्लामा । संकटकालमा बुवा र भाइको गिरफ्तारी भयो,’ मन्त्री भण्डारीले भने ।

भण्डारी संविधानसभा सदस्य हुँदा २०६४ सालमा ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०६४’ संसदमा दर्ता गर्रा । विधेयक पारित भयो । फलतः विश्वविद्यालय स्तरको प्रतिष्ठान जुम्लामा स्थापना भएको छ । नेपालको संसदीय इतिहासमा सांसदले दर्ता गरेर पारित भएका गैरसरकारी ३ वटा विधेयकमध्ये प्रतिष्ठान ऐन पनि एक हो ।

नेता भण्डारी २०५१ सालमा काठमाडौंंमा रहेको इन्जिनीयरिङ कलेज अध्यययन गर्दागर्दै अखिल क्रान्तिकारीमा आवद्ध भए । त्यहाँ आवद्ध भइसकेपछि उनी अर्धभूमिगत नै भए । २०५४ सालमा उनी पूर्णकालीन कार्यकर्ता भइसकेपछि पार्टीको प्रचार गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गर्‍यो । उतिबेला उनी अखिल क्रान्तिकारी ललितपुरका जिल्ला कमिटी सदस्य थिए । ‘प्रहरीले निर्मम यातना दियो, १७ दिनसम्म हनुमानढोकामा राख्यो,’ उनले सम्झिए, ‘हरेक दिन चर्को यातना खेप्नुपर्थ्यो ।’

२०५९ सालमा जुम्लाको गिटीखोलामा उनी सेनाको घेरामा परे । ‘झण्डै १० मिटर नजिकबाट सेनाले गोली चलाइरहेको थियो । गोली लागेर मर्छु, मेरो आज नै अन्तिम दिन हो भन्ने सोचेर भागें,’ उनले भने, ‘भागेर ज्यान जोगाउन सफल भएँ ।’ २०६० सालमा बर्दिया सदरमुकाममा पार्टी विस्तार अभियानका क्रममा सेनाले गोली प्रहार गर्‍यो, त्यहाँ पनि उनी भाग्यले बाँचे ।

उनी तत्कालीन नेकपा माओवादी निकट राष्ट्रिय बुद्धिजीवि परिषद्का केन्द्रीय अध्यक्ष थिए । हाल नेकपाको केन्द्रीय सदस्य छन् । विगतमा सेना प्रहरीबाट निर्मम यातना पाएका भण्डारी अहिले प्रदेशको आन्तरिक मामिला मन्त्री भएर प्रहरी परिचालन गरिरहेका छन् ।

उनी साहित्यकार पनि हुन् । कविता कोर्नमा उनी माहिर छन् भने उनले ‘चाँदीको घेरा’ कृतिको रचना पनि गरेका छन् । विभिन्न लेखहरू पत्रपत्रिकामा प्रकाशित गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x