साढे १७ लाखकाे धनमाल चोरीको आरोपमा ६ जना पक्राउ

काठमाडौँ उपत्यकामा चोरी गरेर फरार रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार एक जनाको घरबाट १७ लाख ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेर फरार रहेका  आकाश मगर, सौरभ महर्जन, अभिषेक महर्जन, अञ्जना मगर, बिमला तामाङ र  कबिता मगर  छन् । 


Advertisement

उनीहरुले चन्द्रागिरी नगरपालिका १५ तिनथानाका राजेश मानन्धरको घरबाट चोरी गरेको आरोप छ। उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ। उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्