×

NIC ASIA

कोरोनाका दोस्रा मृतक : भारतबाट आउँदा खुट्टा सुन्निएको थियो, दीर्घरोग थिएन !

जेठ ४, २०७७

Prabhu Bank
NTC
Premier Steels

बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवाको आइतबार कोभिड-१९ बाट मृत्यु भएको छ । भारतको मुम्बइबाट आएर जिल्ला छिरेका उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

Muktinath Bank

उनी २ साताको यात्रा गरेर आएका थिए । उनका खुट्टा सुनिएका थिए । शनिवार राति उनलाई एक्कासी ज्वरो आयो । स्वासप्रस्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एम्बुलेन्स खोज्दाखोज्दै उनको मृत्यु भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘गाडी, पैदल गर्दै उनी जिल्लामा आउँदा खुटटा सुनिएका थिए । उनलाई कुनै दीर्घरोग भएको मलाई थाहा छैन । हिजो राति एक्कासी ज्वरो आयो । बान्ता पनि गरेका रहेछन । त्यस्तै स्वास्सप्रस्वासमा पनि समस्या देखिएको थाहा भएर एम्बुलेन्स खोजिँदै थियो । एक्कासी क्वारेन्टाइनमै मृत्यु भयो,’ अध्यक्ष शाहले लोकान्तरसँग भने ।

Vianet communication

एक साता अगाडि (वैशाख ३० गते) उनी लुकीछिपी भारतको मुम्बइबाट गाउँमा आएका थिए । शनिबार नै उनको पीसीआर जाँचका लागि स्वाब संकलन भए पनि आइतवार रिर्पोट आएको हो । उनी प्रदेश पाँचमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्रालयका सचिव गोपी खनालले शवको दाहसंस्कारका लागि तयारी भइरहेको बताए ।

‘सामाजिक विकास मन्त्रालयको टीम शवको कसरी छिटो दाहसंस्कार गर्ने भन्ने तयारीमा जुटेको छ,’ खनालले भने । 

बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । बाँकेको कोरोना अस्पताल बिरामीले भरिएपछि २ दिन अगाडिदेखि नै नरैनापुर गाउँपालिका ८ संक्रमितलाई बेलझुण्डीस्थित कोरोना अस्पतालमा लगिएको छ । प्रदेश नम्बर पाँचमा १ सय ५ जनामा संक्रमण र १ जनाको मृत्यु भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x