०२ साउन २०८३, शनिबार

हुम्लाका चार सयको कोरोना परीक्षण हुने

जेठ ५, २०७७
हुम्लाका चार सयको कोरोना परीक्षण हुने
प्रतिकार्यात्मक तस्वीर।

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकाबाट चार सय जनाको स्वाब संकलन गरीने भएको छ। मंगलबारदेखि तिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका प्रत्येक पालिकाबाट एक सय जनाको गरेर  स्वाब संकलन गरिने भएको हो। 

कर्णाली प्रदेश सरकारले हुम्लाका सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाबाहेक अरु चार  गाउँपालिकामा स्वाब संकलन गर्न लागेको द्ध। प्रत्येक गाउँपालिकाबाट संकलित स्वाब मंगलबार नै हेलिकप्टरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने अदानचुलीका स्वास्थ्य संयोजक हंस महताराले बताए।

salt training

कमेन्ट गर्नुहोस्