कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
जेठ ६, २०७७
देशैभर कोरोना त्रास बढिरहेको समयमा लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
दैलेख जिल्लाको आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवामा सोमवार कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिवार स्वाब संकलन गरी आइतवार जाँच गर्दा सुर्खेतमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना संक्रमण देखिएको थियो । थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि कोरोना पोजेटिभ देखिएको छ ।
भारतको आगरामा कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएका थिए । वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबरजस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीहरूलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित पालिका पठाइएको थियो ।
‘उहाँहरू भारतबाट आउनुभएको हो । महेन्द्रनगरबाट हामीले गाडी रिर्जव गरी उद्धार गरेर ल्याएका हौं । लक्ष्मी माध्यमिक विद्यालय सात्तालामा अहिले त्यहाँबाट ल्याइएका ३९ जना नागरिकलाई क्वारेन्टाइनमा राखेका छौं,’ आठबीसका वडाध्यक्ष पर्वसिंह विश्वकर्माले भने, ‘जेठ ३ गते शनिवार हामीले सबैको पीसीआरको स्वाब संकलन गराएका थियौं । उहाँहरू यहाँ आउने बेला आरडीटी जाँच गरिएको थियो, त्यसमा रिपोर्ट नेगेटिभ देखिएको थियो ।’ कोरोना पोजेटिभ देखिएको खबर पाएप्छि अहिले वडा ‘लक’ गरिएको वडाध्यक्ष विश्वकर्माले बताए ।
आठबीस नगरपालिकाका नगर प्रमखु खड्गराज उपाध्यायले ती युवामा कोरोना संक्रमण भएको बताए । ‘उहाँ कोरोना संक्रमित हुनुभएको छ,’ उनले भने, ‘अब नगरपालिका नै सील गर्ने गरी हामी अघि बढ्छौं ।’ फागुनमा मात्रै उनी काम गर्न आगरा गएको थाहा भएको उनले बताए ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकी निर्देशक रिता भण्डारी जोशीले संक्रमितलाई दैलेख जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा ल्याउने तयारी गरिएको बताइन् । ‘उहाँहरू महेन्द्रनगरबाट जेठ १ गते आउनुभएको हो । स्वास्थ्य अवस्था एकदम नर्मल छ । समस्या भएको खण्डमा दैलेख अस्पतालमा नै भेन्टिलेटर भएका कारण त्यहीँ राखिने छ ।’
क्वारेन्टाइनमा बसेका ३९ जनाको स्वाब जाँच गर्दा ती व्यक्तिमा मात्रै पोजेटिभ देखिएको थियो । ‘अब क्वारेन्टाइनमा बसेका अन्यलाई पुनः जाँच गर्ने वा के गर्ने भन्ने निर्णय गर्नेछौं,’ उनले भनिन्, ‘उनीहरू सिधै महेन्द्रनगरबाट बसमा आएका कारण समुदायमा त्रास मान्नुपर्ने अवस्था छैन । गाडीमा आएका अन्यको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...