अमेरिकी स्वास्थ्य अधिकारीको चेतावनीः जाडोमा फेरि फैलिन सक्छ कोरोना

अमेरिकाको सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रीवेन्शन (सीडीसी) का प्रमुख डा. रोबर्ट रेडफिल्डले कोरोना भाइरस जाडो मौसममा पनि फैलन सक्ने चेतावनी दिएका छन्।

कोरोना भाइरस दक्षिणी गोलार्धमा तीव्र रुपमा फैलिरहेक बेलाअमेरिकी स्वास्थ्य अधिकारीले  जाडो मौसममा पनि यो भाइरस फेरि प्रकोपका रुपमा फैलन सक्ने आकलन गरेकाे बीबीसीले उल्लेख गरेकाे छ।


Advertisement

फाइनेन्सियल टाइम्ससँग कुरा गर्दै डा. रोबर्टले अमेरिकाले आगामी केही महिना महामारी पत्ता लगाउने क्षमता बढाउनु पर्ने बताएका छन्। नत्र कोरोना र मौसमी फ्लू सँगसँगै देखा परेमा झन खतरा हुने उनले बताएका छन्।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्