माछापुच्छ्रे बैंकको नयाँ ‘एमबिएल अनलाईन बैंकिङ, नो लाइन बैंकिङ’

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङको क्षेत्रमा फड्को मार्दै ‘एमबिएल अनलाईन बैंकिङ  सेवालाई अपग्रेड गरेको छ ।

अब नो लाइन बैंकिङ’ भन्ने नाराका साथ बैंकले कोभिड १९ महामारीको समयमा अब बैंकिंग सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाईन बैंकिङ सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो ।


Advertisement

यससँगै बैंकका व्यावसायिक तथा व्यक्तिगत दुवै खालका ग्राहकलाई घर वा कार्यालयमै बसी अधिकतम बैकिग सेवा थप सरल र सुरक्षित तवरले उपयोग गर्न सहयोग गर्नेछ ।

व्यावसायिक ग्राहकलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरुको साथमा ल्याईएको सेवा अन्तर्गतको  कर्पोरेट बैकिङले व्यावसायिक तथा कर्पोरेट  हाउसलाई बैंकसम्म नपुगि सुरक्षित साथ माछापुच्छ्रे बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोबार गर्न सक्नेछन् । विशेषत यस सेवामार्फत अन्तर बैक रकमान्तर, कनेक्ट आईपीएस, स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको छ । यस सेवामार्फत व्यावसायिक तथा कर्पोरेट  हाउसले आफैं तलब व्यवस्थापन गर्न सक्नेछन् ।


Advertisement

बैंकको अनलाइन बैंकिङमार्फत व्यक्तिगत ग्राहकले पनि विभिन्न बैंकिङ कारोबार जस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेयमेन्ट गर्न, इसेवा, खल्ती लगायतका वालेटहरुमा पैसा लोड गर्न, मोवाइल टपअप गर्र्न, बत्ति पानीको पैसा तिर्न लगायतका सेवा उपयोग गर्न सकिन्छ । त्यसै गरी बारम्बार तिर्नुृ पर्ने रकमलाई सेड्युल गरी तिर्न सकिने छ  । यस सेवा लिएका ग्राहकले मुद्दती खाता समेत यसै सेवा मार्फत खोल्न सक्ने जनाइएको छ ।

बैंकको अनलाईन बैंकिङको परिष्कृत भर्सन थप सुविधाका साथ थप सरल र थप सुरक्षित रहेको बैंकले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्