दोषीलाई कानूनी कारवाही गर्न बारको आग्रह

नेपाल बार एसोसिएशनले अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ । 
 
महासचिव अधिवक्ता लीलामणि पौडेलले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिमा दोषीलाई कारवाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराई भविष्यमा यस्ता प्रकारका घटना समाजमा दोहोरिन नदिन अपनाउनुपर्ने जनचेतनाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो । 
 
जाजरकोट जिल्ला भेरी नगरपालिका–४ निवासी नवराज विक र रुकुम जिल्ला चौरजहारी नपा–८ निवासी सुष्मा मल्लबीचको प्रेमलाई वैवाहिक सम्बन्धमा अगाडि बढाउने सन्दर्भमा भएको घटनामा ३ जनाको निधन भएको र अन्य ३ जना बेपत्ता समेत भइरहेकाप्रति बारले ध्यानाकर्षण जनाएको छ ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्