बच्चालाई कामज्वरो आयो भने के गर्ने ?

बच्चालाई कामज्वरो आउँदा विभिन्न उपाय अपनाउन सकिन्छ । 

-बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।


Advertisement

-जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने । 

-ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने । 


Advertisement

-आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ । 

-बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरु केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ । 

-बच्चाको मुखमा केही नघुसार्ने । केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ । 

-यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो , जुन सम्भव छैन । 

-घरमा अनिर्वाय ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने । 

-ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्