नेपाली विद्यार्थीलाई घरमै बसीबसी विदेशी विज्ञसँग जोडिने अवसर

आईडीपी एडुकेशनकाे भर्चुअल कार्यालय

आईडीपी एडुकेशनले नेपालमा आफ्नो विदुतीय प्रणाली (भर्चुअल) कार्यालय सञ्चालनमा ल्याएको छ।

विदेशमा रहेको विश्वविद्यालय तथा कलेजमा शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीले अब घरमै बसीबसी आईडीपीका शैक्षिक परामर्श विज्ञसँग जोडिन पाउने जनाइएको छ। 


Advertisement

‘यो प्रणालीवाट प्रवाह हुने सेवाले  इच्छुक विद्यार्थीलाई आफ्नै घरमा बसी उच्च परामर्श सेवा प्रदान गर्नेछन्। आईडीपीसँग जोडिएका विद्यार्थी तथा उनका आमाबुवासँग जोडिरहने उद्देश्य बमोजिम विदेशमा पठनपाठन गर्दाको समग्र यात्रालाई निरन्तर रुपमा सहज बनाई राख्ने एउटा कोशिश हो,’ जारी विज्ञप्तिमा भनिएको छ।

आईडीपीका दक्षिण एशियाका सञ्चालक पीयुष कुमार आईडीपीको विद्युतीय प्रणाली सेवाले यस क्षेत्रलाई थप प्रोत्साहन गर्ने बताउछन्। 


Advertisement

आईडीपीको भर्चुअल प्रणालीद्वारा सञ्चालित कार्यालय आइतबारदेखि शुक्रबारसम्म १० बजेदखि ५ बजेसम्म सञ्चालन हुनेछ।

यो समयमा विद्यार्थीले विदेशमा पठनपाठनको मार्ग, विश्वविद्यालयले प्रदान गर्ने अवसर, विभिन्न कोर्स, भिसा आवेदनसँग सम्बन्धित विषय, छात्रवृत्तिसँग सम्बन्धित र पढाई पश्चातको काम गर्न अवसरको साथ साथै अन्य विषयमा छलफल गर्न सक्नेछन्। यी सेवा नि:शुल्क रहनुको साथ साथै जुम प्राविधिद्वारा सञ्चालन हुने जनाइएको छ।   

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्