चीनको एक सुपरमार्केटमा जथाभावी चक्कु आक्रमण गरिँदा ३ जनाको मृत्यु, ७ घाइते

चीनको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक सुपरमार्केटमा एक व्यक्तिले जथाभावी चक्कु प्रहार गर्दा तीनजना मारिएका छन् भने सातजना घाइते भएका छन् । 

आक्रमणकारी ३५ वर्षीय पुरुषलाई घटनालगत्तै पक्राउ गरिएको थियो । घटना फुजियान प्रान्तको पुटियान शहरमा बिहीवार अबेर राति भएको हो । 


Advertisement

त्यसभन्दा अलिकति मात्र अघि क्वाङ्शी क्षेत्रमा रहेको एक प्राथमिक विद्यालयमा ३९ जना विद्यार्थी तथा कर्मचारी चक्कु प्रहारका कारण घाइते भएका थिए ।

ताजा घटनामा दुई व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो भने एकजनालाई अस्पताल पुगेपछि मृत घोषणा गरिएको थियो । घाइते भएका सातजनाको स्वास्थ्य स्थिर रहेको प्रहरीले बयान जारी गरेर जनायो ।


Advertisement

आक्रमणकारी गुइचो प्रान्तका निवासी हुन् । 

घटनाको अनुसन्धान जारी छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्