×

NMB BANK
NIC ASIA

संशोधन विधेयकमाथि संसद्मा सैद्धान्तिक छलफल

संविधान संशोधन विधेयकमा दलहरू एक ठाउँमा, सर्वसम्मत पारित गरेर विदेशी सेना फिर्ता गर्नुपर्ने धारणा

म मात्र राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुरा कसैले नगर्नुस् - जसपा नेता कर्ण

जेठ २७, २०७७

NTC
Premier Steels

संसदमा प्रतिनिधित्व गर्ने सबै दलले सरकारले जारी गरेको नेपालको नयाँ नक्साअनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशाना छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयकमा समर्थन जनाएका छन् ।

Muktinath Bank

सांसदहरूले जतिसक्दो छिटो विधेयक पारित गरेर नेपाली भूमिमा नेपालको भोगचलन गर्न तथा विदेशी सेना फिर्ताको अवस्था सिर्जना गर्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान संशोधन विधेयक २०७७ माथि मंगलवार प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रियताको पक्षमा सत्ता–प्रतिपक्ष एक ठाउँ रहेको बताएका हुन् । उनीहरूले राष्ट्रियता  स्वाधीनता र स्वभिमानको मुद्दामा दलहरू एक ठाँउमा उभिनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आफ्नो पार्टीले संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

Vianet communication

‘कालापानी क्षेत्र नेपालको हो भन्नेमा नेपाली कांग्रेसले विगतदेखि नै अडान राख्दै आएको छ । सरकारले नेपालको नयाँ नक्सा जारी गरेको अनुसूची संशोधनका लागि संविधान संशोधन विधेयक ल्याएको र यसको पक्षमा मतदानका लागि औपचारिक निर्णय गरेको छ,’ खाँणले भने, ‘भारतीय पक्षसँगको औपचारिक र अनौपचारिक वार्तामा यो कुरा हामीले राखेका छौं । लिपुलेकलाई भारत र चीनको व्यापारीक मार्ग बनाउने गरी वेइजिङमा दुई देशका सरकारप्रमुखले  सम्झौता गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले प्रोटेस्ट नोट जारी गरेर अडान राख्नु भएको हो ।’

नेता खाँणले भारतले नक्सा प्रकाशित गरेलगत्तै नेपाली कांग्रसले घोर असहमति जनाइसकेको स्मरण गर्दै नयाँ नक्सालाई संविधान अनुसूची ल्याइएमा कांग्रेसको दृढ समर्थन रहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कृष्णभक्त पोखरेलले संविधान संशोधन प्रस्ताव ऐतिहासिक महत्वको रहेको भन्दै राष्ट्रियताको विषयमा सबै एकै ठाउँमा उभिएर सर्वसम्मत पारित गर्न आग्रह गरे । उनले भारतसँग नसोधी नक्सा प्रकाशित गरेको भन्ने केही सांसदले अभिव्यक्ति दिएको भन्दै राष्ट्रहित प्रतिकुल आचरण दण्डनीय हुनुपर्छ भन्नेतर्फ ध्यानाकर्षण गराए ।

जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले मुलुकको सार्वभौमिकताको पक्षमा कसैसँग सौदाबाजी नहुने भन्दै विधेयकमा समर्थन जनाए ।

‘नेपाली भूमि फिर्ता र अनुसूची संशोधनका लागि नेपाल सरकारले जुन विधेयक ल्याएको छ त्यसलाई समर्थन गर्नुपर्छ । राष्ट्रियतामा दुई पक्ष छ, आन्तरिक राष्ट्रियता सबल गर्दै बाह्य राष्ट्रियतालाई बलियो बनाउन सक्नुपर्छ । सार्वभौमसत्ताको विषयमा कसैसँग सौदाबाजी हुँदैन,’ श्रेष्ठले भने ।

जसपाकै नेता लक्ष्मणलाल कर्णले देशको भौगोलिक अखण्डताप्रति कसैको दुईमत नरहेको बताए । ‘हामीलाई राष्ट्रियतामा शंका नगर्नुस्, भौगोलिक अखण्डता र स्वाधीनताप्रति दुईमत छैन । म मात्र राष्ट्रवादी हुँ, अरु होइनन् भन्ने कुरा नगर्नुस्,’ सांसद कर्णले भने ।

उनले वार्तामार्फत नै समस्या समाधान गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति समर्थन जनाए ।

मंगलवारको बैठकमा कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बहाम्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् ।

सरकारले गत जेठ ५ नेपालको नयाँ नक्सा प्रकाशित गरेको थियो । नक्साअनुसार निशाना छाप अद्यावधिक गर्न जेठ ९ गते संसद सचिवालयमा विधेयक दर्ता गरेको हो । गत जेठ १८ गते कानूनमन्त्रीले संविधान संशोधन विधेयक संसदमा टेबुल गरेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x