×

NMB BANK
NIC ASIA

कोरोना महाव्याधिमा मालामाल : सांसददेखि मन्त्रीसम्मको तलब बढ्यो, मुख्यमन्त्रीको अब ७१ हजार !

जेठ ३०, २०७७

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड– १९) महाव्याधिका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि प्रदेश सभा सदस्यहरूसम्मको तलब भारी मात्रामा वृद्धि गरेको तथ्य बाहिर आएको छ ।

Muktinath Bank

मुलुकमा कोभिड- १९ को पहिलो संक्रमित देखिइसकेको, तर लकडाउन शुरू हुनुभन्दा करीब २ साताअघि फागुन २९ गते बसेको मन्त्रिपरिषद् बैठकले मौजुदा तलबमा १६ देखि १८ प्रतिशतसम्म वृद्धि गरेको तथ्य बाहिर आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषद्को सो बैठकले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को अनुसूची १ संशोधन गरी सेवा सुविधा वृद्धि गरेको पाइएको हो । 


Advertisment
Nabil box
Kumari

ऐनको अनुसूची संशोधन गर्दै मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री सहायक मन्त्रीको मौजुदा मासिक पारिश्रमिकमा १६.४५ प्रतिशतले वृद्धि गरिएको हो ।

Vianet communication

अनुसूची संशोधनपछि अब मुख्यमन्त्रीको ७१ हजार, मन्त्रीहरूको ६३ हजार, राज्यमन्त्रीको ६० हजार र सहायक मन्त्रीको मासिक पारिश्रमिक ५८ हजार रुपैयाँ पुगेको छ ।

यसअघि मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ अनुसार मुख्यमन्त्रीको ६० हजार ९७०, मन्त्रीहरूको ५४ हजार, राज्यमन्त्रीको  ५१ हजार र सहायक मन्त्रीको मासिक पारिश्रमिक ४९ हजार रहेको थियो ।

मन्त्रिपरिषद् बैठकबाट नै प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यहरूको पारिश्रमिकसम्बन्धी ऐन, २०७५ को अनुसूची पनि संशोधन गरेको तथ्य खुलेको छ ।

प्रदेश सभाबाट संशोधन नगरी सोझै मन्त्रिपरिषद्बाट संशोधन गरी प्रदेश सभा सदस्यहरूको तलब १८ प्रतिशतले वृद्धि गरिएको हो ।

हेर्नुहोस्, मन्त्रिपरिषद्का निर्णयहरू :

संशोधित अनुसूची अनुसार सभामुखले ६४ हजार, विपक्षी दलको नेता र उपसभामुखले ५९ हजार ५ सय, सत्ता पक्षका प्रमुख सचेतक तथा सभापतिले ५७ हजार ५ सय, सत्ता पक्षका सचेतक तथा विपक्षी दलको प्रमुख सचेतकले ५७ हजार र प्रदेश सभा सदस्यले ५६ हजार ५ सय रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् ।

यसअघि प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यहरूको पारिश्रमिक सम्बन्धी ऐन, २०७५ अनुसार सभामुखको ५५ हजार, विपक्षी दलको नेता र उपसभामुखको ५१ हजार, सत्ता पक्षका प्रमुख सचेतक तथा सभापतिको ४९ हजार ५ सय, सत्ता पक्षका सचेतक तथा विपक्षी दलको प्रमुख सचेतकको ४९ हजार र प्रदेश सभा सदस्यहरूको ४८ हजार मासिक पारिश्रमिक तोकिएको थियो । 

हेर्नुहोस्, ऐन :

यसका अतिरिक्ति मुख्यमन्त्रीले मासिक २५ हजार र मन्त्रीहरूले २० हजार रुपैयाँ आवास सुविधा पाउँदै आएका छन्, भने प्रदेश सभा सदस्यदेखि सभामुखसम्मले मासिक १७ हजारदेखि २२ हजार रुपैयाँ भोग गर्दै आएका हुन् ।

साथै फर्निचर, सवारी, मोबिल, सञ्चार, धारा, बिजुली, दैनिक तथा भ्रमण भत्ता र विदेश (डलर) र अतिथि सत्कार गरी ११ किसिमका विलासी सेवा सुविधाहरू भोग गर्दै आएका छन् ।

प्रदेश सरकारका मुख्यन्यायधिवक्ता कुलानन्द उपाध्याय ऐन संशोधनका लागि प्रदेश सभामै पेश हुनुपर्ने बताउँछन् । तर ऐनभित्रको अनुसूची भने क्याबिनेटबाटै संशोधन गर्न सकिने कानूनी व्यवस्था रहेको उनको जिकिर छ ।

यसैबीच सुदूरपश्चिम प्रदेश सभाले स्थानीय तहका पदाधिकारीहरूलाई सेवा सुविधा दिन ऐन संशोधन गरेको छ । सर्वोच्चको फैसालापछि रोकिएको तलब पुनः उपलब्ध गराउन तलबको ठाउँमा सेवा सुविधा उल्लेख गर्दै पारिश्रमिक दिने भएको हो ।

यद्यपि सर्वोच्च अदालतको सो आदेशको २९ नं. बुँदामा भनिएको छ, ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पारिश्रमिक लिन पाउने संवैधानिक व्यवस्था नरहेबाट जुन कुरा प्रत्यक्ष तवरले लिन सकिँदैन उक्त कुरा अप्रत्यक्ष वा भाषागत रूपमा घुमाउरो तबरले समेत गर्न वा लिन हुँदैन ।’

पढ्नुहोस्, यो पनि :

कानून संशोधन गरेर जनप्रतिनिधिलाई ‘मासिक पारिश्रमिक’को सट्टा अन्य १० थरी सुविधा !

आदेशमा थपिएको छ– ‘त्यसैले प्रदेशहरूले जारी गरेको उल्लेखित ऐनमा गरिएको दफा ३ को मासिक सुविधा र अनुसूची १ मा तोकिएको मासिक सुविधाको रकमसम्बन्धी व्यवस्था पारिश्रमिक स्वरूपको तलब प्रकृतिको देखिन आएकाले अप्रत्यक्ष तबरले पारिश्रमिक लिने कार्य संविधानप्रतिको जालसाजी हुने ठहर छ । त्यो संविधानको भाषा र भावनाविपरीत हुने देखिन्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सभामुख तथा सदस्यहरू सेवा सुविधा ह्वात्तै बढाएकोमा जनस्तरमा भने विरोध हुँदै आएको छ ।

जनतामुखी काम गर्न नसकेको तर जनताकै करबाट आफ्नो सुविधा भने बढाउँदै लगेको भन्दै उनीहरूको चौतर्फी आलोचना हुने गरेको छ ।

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x