कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जेठ ३०, २०७७
भक्तपुर् जिल्लाको मध्यपुर थिमी नगरपालिकामा मेयर, उपमेयर र वडाअध्यक्षबीच कुर्ची हानाहान भएको छ । नगरपालिकाको बजेट विनियोजन सम्बन्धमा भएको छलफलमा कुरा नमिलेपछि नगर कार्यसमितिको बैठकमा कुटाकुट भएको हो ।
शुक्रवार अपराह्न २ बजे मेयर मदनसुन्दर श्रेष्ठले बोलाएको बैठकमा ९ वटा एजेण्डा राखिएको थियो । एजेण्डामा बुँदागत छलफल भयो । पहिलो बुँदामा रहेको चालू आर्थिक वर्षका योजना कार्यान्वयन सम्बन्धमा कुराकानी भयो ।
त्यसपछि छलफल दोस्रो बुँदामा प्रवेश गर्यो । कार्यसमितिका सदस्य सुरज खड्काले एजेन्डाको दोस्रो बुँदामा कुरा नमिलेपछि उपमेयर अन्जनादेवी मधिकर्मीले हातपातको प्रयास गरेको बताए ।
‘वडाको विकास बजेट ५० लाख जति घटाएर कोरोना तिर राखौं भन्ने हाम्रो कुरा थियो, हामीले त्यो कुरा राखेपछि मेयर लगायत नेकपाका वडाअध्यक्षहरूले राम्रो कुरा भनेर भन्नुभयो,’ खड्काले लोकान्तरसँग भने, ‘जनतालाई ध्यानमा राखेर छलफल गरौँ भन्ने भयो । २ करोड ५१ लाखबाट घटाएर २ करोड यता राखौं भनेको हाम्रै साथीहरूलाई मन परेन ।’
उनले कांग्रेसबाट निर्वाचित उपमेयर मधिकर्मीसँगै २ र ३ का वडाअध्यक्ष राम थापामगर र प्रेमबहादुर कुटू, नगर कार्यपालिका सदस्यहरु सुजाता बाडे, विनु केसी, अरुणा कारञ्जित, चन्द्रावती मिजार लगायतले विकास खर्च कटौती गर्ने प्रस्ताव मन नपराएको बताए ।
त्यसपछि उपमेयरले मेयरलाई लक्षित गरेर मुक्का हानिन् । उनले हानेको मुक्का मेयरलाई लागेन । तर त्यही मौकामा कांग्रेसबाटै निर्वाचित कार्यसमितिका सदस्यहरूले एकले अर्कालाई कुर्ची हानाहान शुरू गरे ।
कांग्रेसबाट निर्वाचित उपमेयर मधिकर्मीले कांग्रेसकै सदस्यहरूले मेयरलाई साथ दिएपछि यस्तो भएको बताइन् । लोकान्तरसँग कुरा गर्दै उनले भनिन्, ‘मैले मुक्का हानेकै हो । तर त्यो मेयरलाई लागेन । त्यसपछि उता कुर्ची हानाहान शुरू भयो ।’
उनले मेयर श्रेष्ठले आफूलाई बारम्बार हेप्ने गरेको आरोप लगाइन् । ‘मलाई महिला भनेर हेप्ने ? उपमेयर भनेर हेप्ने ? कति सहनु मैले,’ उपमेयर मधिकर्मीले लोकान्तरसँग आक्रोश पोखिन्, ‘आजसम्म सहेर बसेको हो । आज अत्ति भएर मैले मुक्का हानेकी हुँ ।’
उनले आफू वकिल पनि भएको बताइन् । ‘यस्तो भएन भनेर कुरा राख्दा राख्दा मेयरले बैठक समाप्त भएको घोषणा गरे,’ उनले भनिन्, त्यसपछि मलाई रिस उठ्यो । मैले मुक्का हानेपछि अरू पनि धक्कामुक्की गर्नतिर लागे ।’
कुटाकुटपछि मेयर आफ्नो गाडी छोडेर हिँडे भने उनको गाडीको चाबी उपमेयर मधिकर्मीले आफूसँगै राखेकी छन् ।
मध्यपुर थिमीका कांग्रेस नगर सभापति सुरेन्द्र श्रेष्ठले कांग्रेसका नामबाट गरिएका धक्कामुक्कीको जिम्मेवारी पार्टी नहुने बताइसकेका छन् ।
एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, 'पार्टीको आधिकारिक निर्णय र निर्देशन वेगर भएका यस्ता सबै खाले गतिविधीमा पार्टीको सरोकार नहुने र त्यस्ता गलत गतिविधीबाट उत्पन्न हुने समस्यामा पार्टीले जिम्वेवारी पनि लिने छैन । तसर्थ पार्टीका आम साथीहरुलाई कुनै व्यक्ती विशेषका पछाडी नलागी पार्टीको मूल्य¸मान्यता¸विधान र पद्धति अनुसार सँस्थागत रुपले सङ्गठित¸व्यवस्थित र परिचालित हुन हार्दिक अनुरोध गरिन्छ ।'
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...