नेपालीहरूको उद्धारमा सलाम एयरको सहयोग

ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौं विमानस्थलमा अबतरण गरेको छ । 

कोरोना भाइरस (कोभिड– १९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरूको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली दूताबाससंगको सहकार्यमा सलाम एयरले  दरमा टिकट उपलब्ध गराएको हो ।


Advertisement

बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यान दिने ओमनस्थित नेपाली महामहिम राजदुत तथा राजदुताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएका छन् ।
 
सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ ।

नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको  हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए  । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्